Advertisement

कैलालीमा रु. ४.११ लाख बराबरको अवैध मालसामान बरामद

Advertisement

 

कैलाली, पुस २०

जिल्लाको विभिन्न स्थानमा भन्सार छली गरी ल्याइएको अन्दाजी रु. ४ लाख ११ हजार ७५० बराबरको अवैध मालसामान प्रहरीले बरामद गरी भन्सार कार्यालय पठाएको छ।

फुलबारीमा मोबाइल ग्लास, साडी र प्याज बरामद

वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक योगेश खत्रीको नेतृत्वमा खटिएको टोलीले धनगढी उप-महानगरपालिका वडा नं. ७ स्थित फुलबारी बसपार्कबाट अन्दाजी रु. २ लाख ६७ हजार ७०० मूल्य बराबरका विभिन्न मोबाइलका ग्लास, साडी र प्याज बरामद गरेको छ।

टिकापुरमा सुर्तिजन्य पदार्थ र मोटरसाइकल बरामद

त्यसैगरी, प्रहरी चौकी सत्तीबाट प्रहरी सहायक निरीक्षक टेकबहादुर चन्दको नेतृत्वमा खटिएको टोलीले टिकापुर नगरपालिका वडा नं. ७, डाँडाबोझीबाट अन्दाजी रु. १ लाख ३५ हजार ५०० मूल्य बराबरका सुर्तिजन्य पदार्थ र मोटरसाइकल बरामद गरेको छ।

बिशालनगरबाट युरिया मल, चिनी र पानिपुरी फेला

त्यसैगरी, अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट प्रहरी सहायक निरीक्षक भुपेन्द्र शाहीको नेतृत्वमा खटिएको टोलीले धनगढी उप-महानगरपालिका वडा नं. २, ट्राफिक चोकबाट अन्दाजी रु. ११ हजार ५५० मूल्य बराबरका चिनी, युरिया मल, बिडी, मोटरसाइकलको ब्याट्री र पानिपुरी बरामद गरेको छ।

 

प्रहरीका अनुसार, बरामद गरिएका सामग्रीहरु कानूनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा पठाउने कार्य भइरहेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज