Advertisement

बझाङको साइपालमा नुन अभाव, ढुवानी प्रक्रिया अन्योलमा

Advertisement

बझाङ : बझाङको विकट साइपाल गाउँपालिकामा नुन अभाव चर्किएको छ। साल्ट ट्रेडिङ कर्पोरेसनले समयमै नुन ढुवानी नगर्दा स्थानीय बासिन्दाले ऐंचोपैंचो गरेर काम चलाइरहेका छन्। हिउँद सुरु भइसकेको र बाटो अवरुद्ध हुने सम्भावना बढेको हुँदा स्थिति झन् जटिल बन्ने देखिएको छ।

धुली गाउँकी मोतिमा रोकायाले गत वर्ष मंसिरमा खरिद गरेको नुनले पुससम्म मात्र धानेको बताइन्। अहिले नुन अभाव भएपछि छिमेकीबाट मागेर काम चलाउनु परेको छ। भेडाच्याङ्ग्रा र अन्य पशुचौपायाका लागि पनि नुन आवश्यक हुने भएकाले समस्या झन् गम्भीर बनेको छ।

साल्ट ट्रेडिङ कर्पोरेसनले साउनमा बोलपत्र आह्वान गरेर ढुवानीकर्ताको छनोट गरिसकेको थियो। भदौमा ठेकेदारलाई सम्झौता गर्न आग्रह गरे पनि सम्झौता प्रक्रिया टुंगो लाग्न नसकेको ढुवानीकर्ता देउती बज्यै कन्ट्रक्सनले जनाएको छ।
“कर्पोरेसनले सम्झौता गर्न बोलाए पनि विभिन्न बहाना गरेर टारिरहेको छ,” कम्पनीका टोपनारायण चालिसेले भने। कर्पोरेसनका अनुसार ढुवानीसम्बन्धी मुद्दा अख्तियारमा परेकाले समस्या उत्पन्न भएको हो।

गत वर्ष मंसिरसम्म नुन ढुवानी भएको थियो, जसले यो वर्ष पुससम्म धानेको छ। तर, तत्काल ढुवानी नभए माघबाट अभाव गम्भीर हुने साल्ट ट्रेडिङ कर्पोरेसनका बझाङ डिपो प्रमुख नरबहादुर ढाँटले बताए।
यस वर्ष साइपालका लागि ९०० क्विन्टल नुनको कोटा छुट्याइएको छ। तर, सम्झौता नहुँदा जनतालाई अनिलो खानुपर्ने अवस्था आएको गाउँपालिका अध्यक्ष मानवीर बोहराले बताए।

साइपालका बासिन्दाले सरकारसँग छिटो नुन ढुवानीको व्यवस्था गर्न माग गरेका छन्। “जे भए पनि हामीले नुन त खान पाउनु पर्‍यो नि,” अध्यक्ष बोहराले भने।

२०७३ सालअघि साइपालका बासिन्दाले नुन प्रतिकिलो २५० रुपैयाँसम्म तिरेर किन्नुपर्थ्यो। त्यसपछि राज्यले अनुदानमा नुन उपलब्ध गराउँदै आएको भए पनि यस वर्ष ढुवानीमा भएको ढिलाइले समस्या निम्त्याएको हो।

साल्ट ट्रेडिङ कर्पोरेसनकी निमित्त प्रमुख शर्मिला शाक्यले प्रारम्भमा समस्या बुझ्ने बताए पनि त्यसपछि सम्पर्कमा नआएकोले कर्पोरेसनको धारणा अस्पष्ट छ। कान्तिपुर

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज