Advertisement

वडा अध्यक्ष सिंहद्वारा राष्ट्रपति रनिङ्गशिल्ड विजेता विद्यालयलाई नगद पुरस्कार

Advertisement

बझाङको छविसपाथिभेरा गाउँपालिकामा सम्पन्न राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधि जनप्रिय नमुना माध्यमिक विद्यालय, बगडगाउँले जितेको छ। प्रतियोगिता मंसिर १२ गतेदेखि १७ गतेसम्म जनप्रिय नमुना माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न भएको थियो।

प्रतियोगितामा आठ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो। जनप्रिय विद्यालयले १२ स्वर्ण, ५ रजत, र २ कांस्य पदक जित्दै प्रथम स्थान हासिल गर्‍यो। दोस्रो स्थानमा बान्निचौर माध्यमिक विद्यालयले ९ स्वर्ण, ४ रजत, र ३ कांस्य पदक हात पार्‍यो। सत्यवादी माध्यमिक विद्यालय, जयपृथ्वी नगरपालिकाले २ स्वर्ण, ७ रजत, र ६ कांस्य पदकसहित तेस्रो स्थानमा रह्यो।

प्रथम स्थान हासिल गर्ने विद्यालयलाई छविसपाथिभेरा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष करणजंग बहादुर सिंहले नगद २२ हजार पुरस्कार प्रदान गरेका छन्। अध्यक्ष सिंहले यो सहयोग आफ्नो व्यक्तिगत तलबबाट गरेका हुन्। साथै, उनले विद्यार्थीहरूको खेल सामग्री, पोशाक, र अन्य आवश्यक सहयोगसमेत उपलब्ध गराएका छन्।

समाजसेवीका रूपमा परिचित अध्यक्ष सिंहले खेलकुदको विकास र विद्यार्थीहरूको उत्साहवर्धनका लागि निरन्तर सहयोग गर्दै आइरहेका छन्। प्रतियोगिताको सफल आयोजनामा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै आयोजक समितिले सिंहको योगदानको प्रशंसा गरेको छ।

राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको सफलतापूर्वक समापनसँगै जनप्रिय नमुना माध्यमिक विद्यालयले गौरवमय उपाधि हात पारेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज