Advertisement

आरजु राणाको घोषणा: आगामी चुनाव कैलालीबाटै लड्ने

Advertisement

धनगढी — परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले आगामी निर्वाचनमा पुनः कैलालीबाटै उम्मेदवारी दिने घोषणा गरेकी छिन्। शनिबार धनगढीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यसअघि चुनावमा पराजित भए पनि पुनः यही क्षेत्रबाट चुनाव लड्ने आफ्नो योजना रहेको स्पष्ट गरिन्।

“पहिला पनि यही क्षेत्रबाट चुनाव लडेको थिएँ, केही कारणले हारियो होला। फेरि पनि यही आएर चुनाव लड्ने मेरो विचार छ,” उनले भनिन्।

उनले पार्टीभित्र एकताको खाँचो औंल्याउँदै व्यक्तिगत स्वार्थका लागि राजनीति गर्न नहुने धारणा व्यक्त गरिन्। “सानो बच्चा जस्तो झगडा गरिरहेका छौं हामी। यस्तो कुरा राजनीतिक चरित्र होइन,” उनले कार्यकर्ताहरूलाई सम्झाउँदै भनिन्।

उनको यस घोषणाले कांग्रेस पार्टीभित्र नयाँ उत्साह र बहस सिर्जना गरेको छ। यस क्षेत्रका अन्य दलहरूसँगको प्रतिस्पर्धा र स्थानीय कार्यकर्ताको समर्थन आगामी निर्वाचनमा कस्तो हुने भन्ने विषयमा चासो बढेको छ।

यसअघि धनगढी क्षेत्रबाट चुनाव लडेकी राणा पराजित भएकी थिइन्। यसपटक उनले पार्टी पंक्तिलाई एकताबद्ध बनाएर जित सुनिश्चित गर्न रणनीति बनाइरहेकी बताइन्छ।

उनको यस अभिव्यक्तिले आगामी निर्वाचनमा पार्टीभित्र र क्षेत्रीय राजनीतिमा नयाँ बहस सुरु हुने अनुमान गरिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रमित ओली, कैलारी - कैलाली कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक...
एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

रमित ओली, कैलारी - रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका कैलारी गाउँपालिकाका दुई जनाका परिवारलाई कैलारी गाउँपालिका–५...
एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज