Advertisement

एनपीएलको उपाधि जनकपुर बोल्ट्सलाई

Advertisement

कीर्तिपुर क्रिकेट मैदानमा उपस्थित १२ हजार बढी समर्थकका माझ सम्पन्न फाइनल खेलमा चार बल बाँकी छँदै १८५ रनको लक्ष्य पूरा गरेर जनकपुरले पहिलो संस्करणको एनपीएल उपाधि जितेको हो।

जितसँगै जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्ससँग लीग चरण र क्वालिफायर एकमा भोगेका हारको सुखद् बदला लिन सफल भएको छ।

जनकपुरको यो जित यस्तो खेलमा आयो जतिखेर टोलीले उपाधि पनि चुम्न सफल भयो।

जनकपुरका लागि उत्कृष्ट ब्याटिङ गरेका ओपनर लाहिरु मिलान्थाले ८७ रन जोडेर टोलीको जित सहज बनाएका थिए।

विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ५१ लाख रुपैयाँ पुरस्कार पाउनेछ।

फाइनलसम्मको यात्रा

जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्सका शैफ अली जैब

फाइनलमा पराजित सुदूरपश्चिमले लीग चरणको सातमध्ये छ खेल जित्दै तालिकाको शीर्ष स्थानमा रहेर क्वालिफायर खेलेको थियो।

उसले एक मात्र खेल चितवन राइनोजविरुद्ध गुमाएको थियो। टोलीले जनकपुरलाई ५१ रनमा सीमित पार्नु प्रभावकारी जितमध्येको एक थियो।

जनकपुरले भने सुरुको चार खेल लगातार जिते तापनि लीग चरण टुङ्ग्याउँदा दोस्रो स्थानमा रहन पुगेको थियो।

चितवन राइनोज र प्रतिद्वन्द्वी सुदूरपश्चिमसँग पराजित भएपछि जनकपुरले सातमध्ये दुई खेल गुमाउन पुगेको थियो।

क्वालिफायर वानको पराजय समेत जोड्दा जनकपुरले लगातार पछिल्लो दुई खेल गुमाउन पुगेको थियो।

जनकपुरको रोमाञ्चक जित भने कर्णाली याक्सविरुद्ध थियो। जहाँ टोली एक रनले विजयी हुन पुगेको थियो।

जनकपुरको शानदार जवाफ

जनकपुर बोल्ट्सका समर्थक

सुदूरपश्चिमले तयार गरेको १८५ रनको ठूलो लक्ष्य पछ्याउन आएको जनकपुर बोल्ट्सले सुरुआत देखि नै आक्रामक ब्याटिङ गर्‍यो।

कप्तान आशिफ शेख र लाहिरु मिलान्थाले ‘पावर प्ले’मा ७१ रनको ठूलो साझेदारी गरेर लक्ष्य भेट्टाउने सङ्केत दिएका थिए।

यो साझेदारीलाई जैबले सातौँ ओभरमा तोडेका थिए। ३३ रन बनाएर खेलिरहेका आशिफ शेखको क्याच म्याकमुलमले लिए। तर मिलान्था भने रोकिने मुडमा थिएनन्। १०औँ ओभरमा अर्धशतक बनाएका उनी १५.२ ‌ओभरमा आउट भएका थिए।

आक्रामक इनिङ्स खेलेका उनले ४८ बलमा ८५ रन बनाए। उनले ९ चौका र ४ छक्का प्रहार गरे। उनी आउट हुँदा जनकपुरले जितको आधार तय गरिसकेको थियो।

यसअघि ६६ रन बनाएर खेलिरहँदा उनी मुस्किलले बच्न सके। सुदूरपश्चिमका कप्तान ऐरीले उनको क्याच छोड्न पुगेका थिए।

 नेपाल प्रिमिअर लीग (एनपीएल)मा जनकपुर बोल्ट्स र सुदूर पश्चिम रोयल्सको खेल हेर्न कीर्तिपुर पुगेका दर्शक

मिलान्थालाई कट् एन्ड बोल्ड गर्दै स्कट कुग्लाएन पनिप्रतियोगितामा १७ विकेट लिएर ललितनारायण राजवंशीसँग शीर्ष विकेटकर्ता बने।

यसअघि मोहम्मद मोहसिनलाई १० औं ओभरको अन्तिम बलमा इशान पाण्डेले बोल्ड गरिदिए।

मिलान्था आउट भएपछि आएका भरपर्दा न्युजिल्यान्डका जिम्मी निशम भने धेरै बेर टिक्न सकेनन्।

लामो प्रहार गर्ने धुनमा उनी ऐरीद्धारा बोल्ड हुन पुगेका थिए।

सुदूरपश्चिमको आक्रामक इनिङ्स

शैफ अली जैब र विनोद भण्डारी

जनकपुर बोल्ट्सले आठौँ ओभरमा ७३ रन जोडेपछि पहिलो विकेट गुमाएको थियो। आक्रामक ब्याटिङ गरेका ३३ रन झोडेका ओपनर आशिफ शेख शैफ अली जैबको बलमा म्याकमुलनबाट बाउन्ड्री नजिकै क्याच भए।

सुदूरपश्चिमका ओपनर शैफ अली जैबले आठ चौका र दुई छक्कासहित टोलीका लागि ६९ रन बनाएर जनकपुरमाथि सुरुआती दबाव कायम गरे।

आक्रामक ब्याटिङ गरिरहेका जैबलाई १२औँ ओभरको अन्तिम बलमा किशोर महतोले ललित राजवंशी मार्फत् क्याच गराए।

तेह्रौँ ओभर बलिङ गर्न आएका राजवंशीले पहिलो बलमै अर्का ओपनर विनोद भण्डारीलाई बोल्ड गरेपछि सुदूरपश्चिमको आक्रामक ब्याटिङमा ब्रेक लाग्यो।

भण्डारीले तीन छक्का र एक चौका सहित ४१ रन जोडेर आउट हुँदा सुदूरपश्चिमले ११७ रन जोडेको थियो।

सोह्रौँ ओभरको अन्तिम बलमा जनकपुरका मोहम्मद मोहसिनले सुदूरपश्चिमका अलराउन्डर हर्मित सिंहको विकेट लिए।

कीर्तिपुर मैदानमा क्रिकेट समर्थक

पुन: सत्रौँ ओभरको अन्तिम बलमा न्यूजिल्यान्डका जेम्स निसमले ब्यान्डन म्याकमुलेनलाई बोल्ड गरे।

सुदूरपश्चिमका लागि मोहम्मद मोहसिनले बलिङ गरेको १९औँ ओभर महँगो पर्‍यो। पहिलो बलमा दिपेन्द्र सिंह ऐरी हेमन्त धामीबाट क्याच भए।

पाँचौँ बलमा आरिफ शेखको बल ललित राजबंशीले क्याच गरे।

अन्तिम ओभर बलिङमा आएका किशोर महतोले सुदूरपश्चिमलाई १८४ रनमा समेट्दा २ विकेट लिए। पहिलो बलमै स्कट कुग्लाएनलाई आउट गरे भने चौथो बलमा उनले नरेस बुढाएरलाई आउट गरे।

अन्तिम बलमा इशान पाण्डे रन आउट भए।

दीपेन्द्रसिंह ऐरीले पाए कार

 दीपेन्द्र सिंह ऐरी

एनपीएलको सबैभन्दा उत्कृष्ट नेपाली खेलाडी सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी भएका छन्।

उनले ओमोडा कम्पनीको एउटा कार पुरस्कार प्राप्त गरे।

प्रतियोगिताको सबैभन्दा उत्कृष्ट खेलाडी भने सुदूरपश्चिमका शैफ अली जैब भए। उनले पाँच लाख नगद पुरस्कार पाएका छन्। प्रतियोगिताको उत्कृष्ट बलरको उपाधि जनकपुरका ललितनारायण राजवंशीले पाएका छन्।

पहिलो एनपीएल, कैयौँ रोमाञ्चक नतिजा

कीर्तिपुर क्रिकेट मैदान

तस्बिर स्रोत, GETTY IMAGES

एनपीएलको पहिलो संस्करणमा थुप्रै रोमाञ्चक नतिजाहरू निस्कनुका साथै कैयौँ कीर्तिमानहरू समेत बनेका छन्। कीर्तिपुर क्रिकेट मैदानमा सबै खेल दर्शक भरिभराउ हुनेगरी भए। प्रतियोगिताका केही रोचक घटनाक्रम यस्ता छन्:

  • एनपीएलमा एउटा मात्र शतक प्रहार भयो। पोखरा एभेन्जर्सबाट अमेरिकी ब्याटर आन्द्रेस गौसले लुम्बिनी लायन्सविरुद्ध अविजित १०४ रन बनाए। १० विकेटले खेल जितेको पनि त्यो नै एक्लो खेल भयो।
  • एनपीएलमा एउटा खेलको नतिजा सुपर ओभरमा टुङ्गियो। पोखरा एभेन्जर्स र विराटनगर किङ्ग्सबीच भएको एक मात्र सुपर ओभरमा दुवै टिमले १३९ रन बनाएका थिए। सुपर ओभरका नायक भने पोखराबाट खेल्ने वेस्ट इन्डिजका रेमोन रेइफर बने। १८ रन लक्ष्य पाएको विराटनगरलाई उनले कसिकसाउ बलिङ गर्दे ५ रनमा समेटिदिएका थिए।
  • प्रतियोगितामा १ बलमा १५ रन पनि बन्यो। त्यो नमिठो रेकर्ड चितवन राइनोजका खेलाडी अमर सिंह राउटेलाको नाममा रह्यो। उनले विराटनगर किङ्ग्सविरुद्ध त्यस्तो बल फ्यालेका हुन्।
  • एनपीएलको एकै खेलमा ६ विकेट लिने कीर्तिमान कर्णाली याक्सका अस्ट्रेलियाली खेलाडी विलियम बोसिस्टोको नाममा रह्यो। उनले पोखरा एभेन्जर्सविरुद्धको खेलमा त्यसो गरेका हुन्।
  • एनपीएलमा विराटनगर किङ्ग्स लुम्बिनी लायन्स विरुद्ध बनाएको १९२ रन अहिलेसम्मको उच्च स्कोर रह्यो। खेलभर कुनै पनि टोलीले २०० रन बनाउन सकेनन्।
  • फिल्डिङमा जनकपुरका अनिल शाहले एकै खेलमा ५ क्याचलिएर रमाइलो कीर्तिमान बनाए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज