Advertisement

नर्सिङ संघ निर्वाचन : प्राध्यापक चन्द्रकला शर्मा समूहले सार्वजनिक गर्‍यो २८ बुँदे प्रतिवद्धता

Advertisement

काठमाडौँ, १९ मंसिर ।  आगामी २८ मंसिरमा हुने नेपाल नर्सिङ संघको २० औँ केन्द्रीय कार्यसमितिका लागि उम्मेद्धारी दिएको प्राध्यापक चन्द्रकला शर्मा नेतृत्वको समूहले २८ बुँदे प्रतिवद्धता सार्वजनिक गरेको छ । राजधानीमा आज पत्रकार सम्मेलन गरी सो समूहले चुनावी प्रतिवद्धता सार्वजनिक गरेको हो ।

सो समूहले निजी स्वास्थ्य संस्था र शिक्षण संस्थामा कार्यरत नर्सहरुलाई सरकारले तोके बमोजिमको तलव सुविधाका लागि पैरवी गर्ने, रात्रीकालिन सेवामा खटिने नर्सलाई एक दिनको तलव बराबर र सार्वजकि विदा तथा चाड पर्व विदामा काम गर्नेलाई यथोचित भत्ताका लागि पहल गर्ने आफ्नो प्रतिवद्धता पत्रमा उल्लेख गरेको छ ।

यस्तै जोखिम भत्ता तथा सुरक्षाको सुनिश्चितता, नर्सिङ क्याम्पसमा विश्वविद्यालयको मापदण्ड अनुसार फ्याकल्टीको व्यवस्था, स्कुल हेल्थ नर्स कार्यक्रमलाई सम्पूर्ण विद्यालयहरुमा दरबन्दी विस्तार, ५० भन्दा बढी कामदार रहेको उद्योगमा औद्योगिक नर्सको व्यवस्थाका लागि पहल गर्ने पनि उल्लेख छ ।

यसैगरी अनमीहरुलाई विशेष कार्यक्रम मार्फत स्टाफ नर्स तथा मिडवाइफ अध्ययन गराउन छात्रबृत्तिका लागि पहल गर्ने, नर्सिङ संघलाई सात प्रदेश, ७७ जिल्ला र स्थानीय निकायमा विस्तार गर्ने, चिकित्सा शिक्षा आयोगमा एक महाशाखामा नर्सिङ निर्देशकको नेतृत्वमा हुनुपर्ने लगायतका माग अघि सारेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका उम्मेद्धारा प्राध्यापक शर्माले नर्सहरुको पेशागत हकहित, अधिकार, बृत्तिविकास, स्वच्छ शैक्षिक बातावरण निर्माण, कार्यस्थल सुरक्षा सुनिश्चितताको लागि थप जिम्मेवार ढंगले काम गर्न आफ्नो समूहको उम्मेद्धारी रहेको बताईन् । उनले संघलाई गतिशिल, प्रभावकारी र सुसंगठित बनाई पेशागत मर्यादालाई जिवन्त तुल्याउन आफ्नो समूहको उम्मेद्धारी आएको बताईन् ।

‘हाम्रो समूहमा युवा देखि पौढ उमेरका उम्मेद्धार हुनुहुन्छ । युवा जोश र प्रौढको अनुभवलाई मिलाएर हामीले नर्सिङ संघलाई थप उचाईमा पुरयाउने छौँ,’ पत्रकार सम्मेलनमा उनले भनिन् ।

को को छन् उम्मेद्धार ?

प्राध्यापक चन्द्रकला शर्मा अध्यक्ष रहेको यो समूहमा बरिष्ठ उपाध्यक्षमा प्राध्यापक रमेश सुब्बा रहेका छन् । यस्तै उपाध्यक्षमा बबिता घिमिरे, महासचिव डा देवकाकुमारी आचार्य, सचिव बेली पौडेल र कोषाध्यक्षमा तुलसा देवी अधिकारी रहेका छन् ।

सदस्यहरुमा खुल्ला तर्फ मेनुका पोखरेल, जनजाती तर्फ हरिप्रसाद कोजु, आदिवासीबाट कला बस्याल गुरुङ र दलित तर्फ कोपिला विश्वकर्माले उम्मेद्धारी दिएका छन् ।

यस्तै पासपति जैयसवाल मधेशी, सवेनाज बेगम मुस्लिम, जानुका मोक्तान अनमी, शान्ति कुमारी विश्वकर्मा अनमी तर्फबाट सदस्यमा उम्मेद्धारी दिएका छन् । यस्तै नर्सिङ परिषद सदस्य तर्फ राधादेवी आचार्य, सुमिता पाठक र राजदेवी अधिकारीको उम्मेद्धारी परेको छ ।

कुल १५ हजार ५४९ मतदाता रहेको संघको निर्वाचनका लागि २० वटा मतदान केन्द्र तय गरिएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज