Advertisement

सभामुख घिमिरेले भेटे कम्बोडियाका प्रधानमन्त्री

Advertisement

पाँच दिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग शिष्टाचार भेट गरेका छन् ।

कम्बोडियाको पिस प्यालेसमा भएको भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने महत्वपूर्ण विषयहरूमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । भेटमा सभामुख घिमिरेले नेपालको बुद्धको जन्मस्थल लुम्बिनी र कम्बोडियाको अंगकोरबाट हिन्दू तथा बौद्ध सम्पदाहरूलाई प्रवर्द्धन गर्न प्रत्यक्ष हवाई सेवा सुरु गर्नुपर्नेमा जोड दिए । यसले धार्मिक पर्यटन र सांस्कृतिक आदानप्रदानलाई थप प्रोत्साहन गर्ने सभामुखको विश्वास छ ।

नेपाल र कम्बोडियाबीच २०७५ सालमा नै हवाई सम्झौता भएको थियो । भेटमा दुवै देशका नागरिकबीच आदानप्रदानका कार्यक्रमलाई बढावा दिनेबारे छलफल भएको थियो । सभामुख घिमिरेले नेपाल भ्रमणको लागि कम्बोडियाका प्रधानमन्त्रीलाई औपचारिक निमन्त्रणासमेत दिए ।

 

कम्बोडियाका प्रधानमन्त्री मानेटले साना राष्ट्रहरूको सहकार्यका लागि सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी)को अन्तर–संसदीय सभा उत्कृष्ट मञ्च भएको बताउँदै आफू समय मिलाएर नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरे । भेटलाई दुई देशबीचको आर्थिक, सांस्कृतिक र कूटनीतिक सहकार्यलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसरको रुपमा हेरिएको छ ।

सभामुख घिमिरेले आइतबार साँझ नै माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग भेट गरेका छन् । कम्बोडिया पिपल्स पार्टी मुख्यालयमा भएको भेटका क्रममा दुवै पक्षले दुई देशका विधायिकाबीच सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल भएको थियो । भेटमा दुई देशबीचको दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने, संसदीय अभ्यास, क्षेत्रीय सहयोग र साझा चासोका विषयमा सहकार्यको सम्भावनाबारे छलफल भएको थियो ।

पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडियाको राजधानी नोम पेन्ह पुगेका सभामुखले आइतबार सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ ओ पूर्ण सत्रमा सम्बोधन गरेका थिए । सभामुख मंगलबार साँझ स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रमित ओली, कैलारी - कैलाली कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक...
एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

रमित ओली, कैलारी - रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका कैलारी गाउँपालिकाका दुई जनाका परिवारलाई कैलारी गाउँपालिका–५...
एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज