Advertisement

कविता:ठगले ठगलाई ठग भनेको दिन ✍️जोग कठायत

Advertisement

ठगले ठगलाई ठग भनेको दिन
चोरले चोरलाई चोर देखेको दिन
कहिले आकाश अट्टहास गरेर गर्जिरह्यो
कहिले वादल गहिरो पीडामा रोइरह्यो

फटाहले फटाहलाई फटाह भनेको दिन
कलङ्कले कलङ्कलाई कलङ्क देखेको दिन
कहिले अचम्मित धर्ती अताल्लिएर हल्लिरह्यो
कहिले उदास पहाड पहिरो बनेर बगिरह्यो

सूर्य र चन्द्र कुल्चिनेहरूले
ठूला-ठूला आवाजमा
‘रातो र चन्द्र-सूर्य’ गाएको सुन्दा
दिनभरी विवेक बजारमा बेच्नेहरूले
विहान-भरी
भजन-कीर्तनमा झुमेको हेर्दा
लाभांशको लालसामा
फटाहरूको फेरो समाउनेहरूले
आदर्शको आवाज गर्जेको देख्दा
काला कर्तूतका पुञ्जहरूको के कुरा
सगरमा चम्केको सूर्यमा शङ्का बढेर गयो
पूर्णीमाको जून पनि झूठो झैँ लागेर आयो

ठग र चोरहरू आफैँ पौँठेजोरी खेलेको दिन
फटाह र कलङ्कहरू आफैँ कोलाहल गरेको दिन
गोही नै गोहीको तलाउमा फसेका
ती सौम्य हरीणका के कुरा
हाइनै हाइनाको माझमा परेपछि
जङ्गलको राजा नि निरीह भएको देखियो
तमसो मा ज्योती निभेसँगै
असत्यसँग सत्य हारेको देखियो!

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज