Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टीले गुमाउँदै गएको अवसर

Advertisement

सत्ता परिवर्तन भएसँगै नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टी, त्यसमा पनि रवि लामिछानेप्रति बढि नै आक्रामक भएकै हो । कहाँ अलिक कमजोर भेटिन्छ, त्यहिँ प्रहार गर्ने भन्ने सोचले नै कांग्रेसका नेताहरूले रास्वपाका सभापतिसमेत रहेका रवि लामिछानेप्रति व्यवहार गरेका नै हुन् । कांग्रेस नेता धनराज गुरूङप्रति कांग्रेसले देखाएको व्यवहार होस् वा सरकार बन्ने बित्तिकै आफ्नै सांसद सुनिल शर्मामाथि नक्कली सर्टिफिकेटको अनुसन्धान खारेज गर्ने होस्, कांग्रेसले उठाएको रवि लामिछानेविरूद्धको आवाज विधिको शासनका लागि नभएर प्रतिशोधपुर्ण चलाखीमात्र हो भन्ने पुष्टि हुन्छ ।

यति कुरा बुझ्न धेरै गहिरो राजनीतिक ज्ञान चाहिदैन । केवल राजनीतिक श्रृंखलाहरू हेरे पुग्छ । तर आफ्नो पार्टी सभापतिमाथि भएको प्रहारको प्रतिक्रिया दिने कुरामा भने रास्वपाले अवसर गुमाएको छ । रास्वपाले सुशासन, पारदर्शीता र लोकतन्त्रको दुहाइ दिइरहेको थियो, त्यो कुरा पनि ओठे बोलीमात्रै हो कि भन्ने शंका बढाएको छ । आफ्नै सांसद ढाका कुमार श्रेष्ठलाई ७२ घण्टाभित्र कारबाही गरेर होस् वा आरोप लाग्ने बित्तिकै केन्द्रीय सदस्य मोहन थापाले राजिनामा दिएर होस्, साँच्चै नै उनीहरूले आफ्नो बोलीलाई व्यवहारमा प्रयोग गर्छन् भन्ने देखाएको थियो तर जति बेला वास्तवमा नै रास्वपाले त्यो देखाउनु पर्थ्यो, त्यति बेला चुक्यो ।

रास्वपाले विधिको शासन मान्छौँ भनेर रवि लामिछानेमाथिको मुद्दालाई न्यायलयकै जिम्मामा छोड्न पर्थ्यो । एउटा अदालतको निर्णयमा असहमत भएमा माथिल्लो अदालतमा जाने अधिकार छदै थियो । त्यसबाहेक हिरासतमा रहने बित्तिकै सभापतिले आफुलाई नै निलम्बनमा पारेमा झन् बलियो गरि विधिको शासन मान्ने पार्टीकारूपमा चिनिन्थ्यो । त्यसपछि हुने पार्टीका नियमित कार्यक्रमले सिंगो पार्टी एकजना रवि लामिछानेमात्रमा आश्रीत छैन भन्ने पनि देखिन्थ्यो । भावनात्मकरूपमा पार्टीप्रति हार्दिकता राख्नेहरू थपिन्थे र पार्टीको संगठन विस्तार बलियो हुन्थ्यो । पुराना दलहरूलाई एकमुस्टरूपमा कानूनको दुरूपयोग गर्नेहरू भनेर चित्रित गर्न सकिन्थ्यो । यसले रास्वपा आफैमा एउटा आन्दोलनकारूपमा झन् बलियो हुन्थ्यो र मिसन ८४ भने जस्तै रास्वपा कसैले कमजोर गर्नै नसक्ने नयाँ शक्ति बन्थ्यो ।

तर अहिले रास्वपा ठ्याक्कै उल्टो बाटोमा छ । एकजना व्यक्ति जसको मुद्दा राजनीतिक पनि होइन र पार्टी स्थापना हुनु भन्दा पहिलेको हो, उसलाई जोगाउनका लागि पार्टीको सम्पुर्ण शक्ति दुरूपयोग गर्दैछ । रवि लामिछाने भनेकै रास्वपा हो र रास्वपा भनेकै रवि लामिछाने हो भन्ने देखाएर पार्टीमा भएका अन्य नेताहरूको अस्तित्व नै नदेखेको बनाएको छ । अदालतमा रहेको बिषयमा सडकमा तमासा देखाएर भोलि अरूले पनि अदालतलाई भिड जम्मा गरेर तर्साउने गरेमा प्रश्न उठाउने नैतिकता गुमाएको छ । आज त अदालतको अबहेलनाको मुद्दासमेत दर्ता भएर सबै सांसद र पदाधिकारीहरू अदालत धाउनु पर्ने अवस्थामा पुगेका छन् । आफु सत्तामा हुँदा कैलाश सिरोहिया समात्दा अदालतबाट पक्राउ पुर्जी जारी भएकाले जायज भन्ने रास्वपाका नेताहरू अहिले अदालतको पक्राउ पुर्जी हुनु र नहुनुमा फरक छैन भन्दै छन् ।

यस्ता गतिबिधिले तत्कालका लागि रास्वपालाई आँखा चिम्लेर विश्वास गर्नेहरूलाई भ्रम त पार्ला तर दीर्घकालिनरूपमा रास्वपालाई अनैतिक, आफ्ना र अरूका लागि कानूनको अलग अलग व्याख्या गर्ने र जनहीतका मुद्दा भन्दा आफ्ना नेताका मुद्दालाई प्राथमिकता दिने पुराना पार्टीकै रूपमा चित्रित गर्ने जोखिम रहन्छ । यो रास्वपाका लागि अवसर गुम्दै गएको संकेत हो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज