Advertisement

हिरासतमा सभापति, रनभुल्लमा रास्वपा

Advertisement

काठमाडौं : सभापति रवि लामिछाने सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी अनुसन्धानका लागि प्रहरी थुनामा परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा अन्योल छाएको छ । अनुसन्धानमा रहेका सभापतिको न्यायिक परीक्षणमा सहयोग गर्नुको साटो पार्टीका नेता तथा कार्यकर्ताहरू बचाउका लागि आन्दोलनमा उत्रिएका छन् । यसले पार्टीका गतिविधिदेखि जिम्मेवारी बाँडफाँटसम्मका काम अलपत्र छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारीको रकम अपचलनमा संगठित अपराधदेखि सम्पत्ति शुद्धीकरणसम्मको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा रहेका लामिछानेको न्यायिक परीक्षण हुन बाँकी नै छ । तर, राष्ट्रिय स्वतन्त्र पार्टी भने कास्की पुगेर सभापतिको बचाउमा सडक आन्दोलनमै उत्रियो । अहिले कहिले चितवन त कहिले काठमाडौंमा कुनै न कुनै रूपमा उनीहरूले सडक आन्दोलन गरेको देखिन्छ । तर सांगठनिक रूपमा भने रास्वपा अन्योलमा देखिएको छ ।

केन्द्रीय समितिको बैठक नै सभापति पक्राउको ८ दिनपछि बस्यो । शनिबार बसेको बैठकले दुई उपसभापतिको नेतृत्वमा समानान्तर जिम्मेवारी दिएर अगाडि बढेको छ । बैठकको अध्यक्षताका लागि पहिलो वरियताका उपाध्यक्ष डोलप्रसाद अर्याललाई तोकिएको थियो । तर पार्टीमा महत्त्वपूर्ण निर्णय लिनुपर्दा ठोस योजनासहित कसरी अगाडि बढ्ने भन्नेमै अलमल छ । कार्यवाहक सभापति त तोकिएको छैन नै, महामन्त्री र प्रवक्तासमेत कार्यवाहकको भरमा चलेको छ । तर नेताहरू भने समस्या रहेको मान्न तयार छैनन् ।

यसअघि पनि नागरिकता विवादमा सभापति लामिछानेको सांसद पद गुम्दा डीपी अर्याललाई कार्यवाहकको जिम्मेवारी दिइएको थियो । अहिले कार्यवाहककै विषयलाई लिएर विवाद गर्ने मनस्थितिमा अर्का उपसभापति स्वर्णिम वाग्ले नरहेको नेताहरूको दाबी पनि छ । महामन्त्री मुकुल ढकालको बहिर्गमन पश्चात् सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र मनिष झालाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिइयो ।

सभापति लामिछाने निकटमध्ये धेरै आकांक्षी देखिएका कारण पनि यी पदमा टुङ्गोमा पुग्न नसकेको स्पष्टै छ । जसले महत्त्वपूर्ण निर्णयका लागि सभापतिकै आदेश कुर्ने स्थिति बनेको छ । गलत राजनीतिको चिरफार गर्ने र नयाँ तरिकाले अगाडि बढ्ने भनेर गठन भएको दलका गतिविधिले भने रास्वपाको दाबी र काम गराइबीचको तालमेल नहुने निश्चित भएको कतिपयको बुझाइ छ ।

सभापति पक्राउपछि उपसभापति डीपी अर्यालको नेतृत्वमा पार्टी सञ्चालन गर्ने र उपसभापति वाग्लेको नेतृत्वमा राजनीतिक नागरिक संवादको जिम्मेवारी दिइएको छ। रास्वपाले सभापति पक्राउ परेसँगै स्थगित जिल्ला भेला, सांगठनिक र पार्टी गतिविधि सञ्चालन गर्ने भनेको छ भने पहिलो महाधिवेशन आगामी वैशाखमा गर्ने निर्णय गरेको छ । तर, लामिछानेको प्रकरण के हुन्छ भन्ने विषयले नै रास्वपा अझै केही समय अलमल र अन्योलमै रहने निश्चितजस्तै छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

बझाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। उपसभापति पदका उम्मेदवार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज