Advertisement

लुक्ला हिँडेका पर्यटकका लागि तोकियो खुम्बु जाने गाडी भाडा

Advertisement

सोलुखुम्बु —मौसम खराबीका कारण लुक्लामा जहाज चल्न नसकेपछि विदेशी पर्यटक वैकल्पिक स्थलमार्ग प्रयोग गरी खुम्बु जान थालेसँगै स्थानीय तहले गाडी भाडा निर्धारण गरेको छ । यातायात व्यवसायीले पर्यटकमार्फत मनोमानी भाडा उठाउन थालेको गुनासो बढेसँगै खुम्बु क्षेत्र भ्रमण गर्न आउनेका लागि खुम्बु पासाङल्हामु गाउँपालिकाले भाडादर तोकिदिएको हो ।

गाउँपालिकाले सदरमुकाम सल्लेरीबाट टाक्सिन्दु हुँदै जुभिङ तथा जुभिङबाट थामडाँडासम्मका लागि भाडादर तोकेको छ । गाउँपालिकाले पर्यटकलाई सल्लेरीदेखि जुभिङ दूधकोशीसम्मको १ हजार ३ सय रुपैयाँ र जुभिङदेखि थामडाँडासम्मका लागि १ हजार २ सय रुपैयाँ भाडादर कायम गरेको गाउँपालिकाका प्रवक्ता ल्हाक्पाछिरि शेर्पाले बताए । यससँगै सल्लेरीदेखि थामडाँडासम्मका लागि प्रतियात्रु २ हजार ५ सय भाडा कायम गरिएको छ ।

दूधकोशी नदीमा पक्की पुल नबनिसकेकाले पल्टी गरेर गाडी सेवा सञ्चालन भइरहेको छ । यात्रु ओसार्नका लागि कोशी वारि र पारि छुट्टाछुट्टै गाडी तैनाथ गरिएको छ । रिजर्भका लागि भने जुभिङदेखि थामडाँडासम्म १५ हजार रुपैयाँ भाडादर कायम गरिएको प्रवक्ता शेर्पाले जनाए ।

यसअघि सल्लेरीदेखि थामडाँडासम्म व्यवसायीले ४ हजारसम्म भाडा असुल्ने गरेका थिए । गाउँपालिकाले क्यु सिस्टम तोक्ने, कृत्रिम अभाव सिर्जना गर्ने, कुनै पनि बहानामा महँगो भाडादर कायम गर्नेलगायत कार्य गर्न निषेध गरेको छ । निर्धारित स्टेसनमा काउन्टर स्थापना गरी यात्रुलाई सहजता दिलाउन पनि पालिकाले जारी गरेको सूचनामा भनिएको छ । गन्तव्यमा नपुगी यात्रु ओराल्न नपाइने, मौसम प्रतिकूल भएको समयमा बेलुका नौ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन चलाउन नपाइने, खुम्बु क्षेत्र प्रवेश गर्ने सवारीसाधनले खरिखोला र पैयाँ प्रहरी चौकीमा इन्ट्री गराउन पनि पालिकाले भनेको छ । उडान प्रभावित भएका कारण अहिले सगरमाथा क्षेत्र भ्रमणका लागि आउने पर्यटक मन्थली विमानस्थलमा अलपत्र परेका छन् । कतिपय पर्यटक भने स्थलमार्गबाट सल्लेरी हुँदै लुक्ला गइरहेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज