Advertisement

कैलाली कारागारभित्र एक कैदीबन्दीको रहस्यमय मृत्यु, कुटीकुटी मारेको आरोप

Advertisement

धनगढीः कैलाली कारागारभित्र एक कैदीबन्दीको मृत्यु भएको छ। हिजो (सोमबार) जिल्लाको घोडाघोडी नगरपालिका–७ का २२ वर्षीय दिपक विकको मृत्यु भएको छ।

उनी जरबजस्ती करणीमा दोषी ठहर भएर कारागार चलान भएका थिए। तर उनको कारागारभित्रै रहस्यमय रुपमा मृत्यु भएको छ। उनलाई कुटीकुटी मारेको आरोप समेत लागेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले शौचालयमा ढलेर मृत्यु भएको दाबी गरे पनि विकलाई कुटीकुटी मारेको आरोप लागेको छ।

भूपेन्द्र बडुवालको हत्यामा संलग्न तर जिल्ला कारागारभित्रै कैदीबन्दीको रुपमा रहेकाहरुले विकको कुटीकुटी हत्या गरेको विषय बाहिर आएको छ। जिल्ला कारागारभित्र कैदीजीवन विताइरहेका एक कैदीले भने, ‘विकलाई कुटीकुटी मारिएको हो। कारागारभित्र गुण्डाराज छ। बडुवाल हत्यामा संलग्नहरुले कारागारभित्र छानीछानी कुट्ने गरेका छन्। कारागारभित्र अशोक रावल लगायतको टीमले गुण्डागर्दी गर्दै आएका छन्।’

कारागारका कैदीबन्दीले दिएको सूचना अनुसासार उनीहरु राति मात्र कारागारभित्र हुन्छन दिनभरी घुम्ने गरेका छन्। खुलमखुला मोबाइल चलाउनेदेखि भित्रै रक्सी समेत सेवन गर्ने गरेका छन्। यो कार्यको कसैले विरोध गरे त्यसलाई अशोक रावल लगायतको टीमले कुटपिट गर्ने गरेको छ।

ती कैदीबन्दीले भनेका छन, ‘खाना नराम्रो भयो भन्ने उजुरी गरेपछि घोडाघोडी नगरपालिका–७ का जेलजीवन बिताइरहेका दिपक विकलाई अशोक रावल लगायत १९ जनाको समुहले कुटपिट गरी मारेको हो। कुटपिट गरेर केही मान्छे घाइते समेत भएका छन्। करेन्ट पनि लागाइने गरिएको छ। सबै कैदी उनीहरुको विपक्षमा छन्।

कैदीबाट पैसा उठाउने तथा विभिन्न कार्य गर्ने, अशोक रावल लगायत १९ जना बाहिर जाने–आउने र जेलरलाई पैसा दिने अनि रक्सी गाँजा लगायत मगाउने गरिएको छ। कैदीलाई अशोक समुहले कुटपीट गर्ने, अशोकले पाइपदेखि लिएर सबै हातहतियार समेतभित्र राखेको, फोन पनि बोकेको, भिडियो कल गर्ने लगायत कार्य गर्ने, चुरो, गाजा, रक्सी सबै खाने, पैसा दिएर पुलिसलाई ल्याउन लगाउने, सधै बाहिर जाने दिनभर बाहीर घुम्ने र साँझ कारागार आउने कार्य भइरहेको छ।’

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज