Advertisement

कैलाली कारागारभित्र एक कैदीबन्दीको रहस्यमय मृत्यु, कुटीकुटी मारेको आरोप

Advertisement

धनगढीः कैलाली कारागारभित्र एक कैदीबन्दीको मृत्यु भएको छ। हिजो (सोमबार) जिल्लाको घोडाघोडी नगरपालिका–७ का २२ वर्षीय दिपक विकको मृत्यु भएको छ।

उनी जरबजस्ती करणीमा दोषी ठहर भएर कारागार चलान भएका थिए। तर उनको कारागारभित्रै रहस्यमय रुपमा मृत्यु भएको छ। उनलाई कुटीकुटी मारेको आरोप समेत लागेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले शौचालयमा ढलेर मृत्यु भएको दाबी गरे पनि विकलाई कुटीकुटी मारेको आरोप लागेको छ।

भूपेन्द्र बडुवालको हत्यामा संलग्न तर जिल्ला कारागारभित्रै कैदीबन्दीको रुपमा रहेकाहरुले विकको कुटीकुटी हत्या गरेको विषय बाहिर आएको छ। जिल्ला कारागारभित्र कैदीजीवन विताइरहेका एक कैदीले भने, ‘विकलाई कुटीकुटी मारिएको हो। कारागारभित्र गुण्डाराज छ। बडुवाल हत्यामा संलग्नहरुले कारागारभित्र छानीछानी कुट्ने गरेका छन्। कारागारभित्र अशोक रावल लगायतको टीमले गुण्डागर्दी गर्दै आएका छन्।’

कारागारका कैदीबन्दीले दिएको सूचना अनुसासार उनीहरु राति मात्र कारागारभित्र हुन्छन दिनभरी घुम्ने गरेका छन्। खुलमखुला मोबाइल चलाउनेदेखि भित्रै रक्सी समेत सेवन गर्ने गरेका छन्। यो कार्यको कसैले विरोध गरे त्यसलाई अशोक रावल लगायतको टीमले कुटपिट गर्ने गरेको छ।

ती कैदीबन्दीले भनेका छन, ‘खाना नराम्रो भयो भन्ने उजुरी गरेपछि घोडाघोडी नगरपालिका–७ का जेलजीवन बिताइरहेका दिपक विकलाई अशोक रावल लगायत १९ जनाको समुहले कुटपिट गरी मारेको हो। कुटपिट गरेर केही मान्छे घाइते समेत भएका छन्। करेन्ट पनि लागाइने गरिएको छ। सबै कैदी उनीहरुको विपक्षमा छन्।

कैदीबाट पैसा उठाउने तथा विभिन्न कार्य गर्ने, अशोक रावल लगायत १९ जना बाहिर जाने–आउने र जेलरलाई पैसा दिने अनि रक्सी गाँजा लगायत मगाउने गरिएको छ। कैदीलाई अशोक समुहले कुटपीट गर्ने, अशोकले पाइपदेखि लिएर सबै हातहतियार समेतभित्र राखेको, फोन पनि बोकेको, भिडियो कल गर्ने लगायत कार्य गर्ने, चुरो, गाजा, रक्सी सबै खाने, पैसा दिएर पुलिसलाई ल्याउन लगाउने, सधै बाहिर जाने दिनभर बाहीर घुम्ने र साँझ कारागार आउने कार्य भइरहेको छ।’

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज