बझाङ : बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको तीन दिन वित्दा पनि खुलेको छैन । सडकसंगै विद्धुतको पोलमा पनि असर परेपछि बझाङको राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा समेत अवरुद्ध छ ।
अस्तिदेखि परेको पानीले तमैल बजार नजिकै बालुवाटार भन्ने ठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । पहिरोले पोल र तारमा क्षति पुगेको छ । लामो तथा छोटो दूरीका गाडी चल्न सकेका छैनन् ।
बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले सडक खुलाउन सडक डिभिजन कार्यालयसँग समन्वय गरिएको बताउनु भयो । उहाँले सुख्खा पहिरो लगातार खस्दा समस्या भएको जानकारी दिनु भयो । सदरमुकाम चैनपुरमा खानेपानी सेवासमेत प्रभावित भएको कामनाटुडे संग जानकारी दिनुभएको छ ।

