Advertisement

कैलाली को नापी कार्यालय घुस माग्ने अड्डा बन्दै नापी कार्यालय धनगढीमा मागियो जनप्रतिनिधीसँग दुई लाख घुस

Advertisement

धनगढीः नापी कार्यालय धनगढी सेवाग्राहीबाट घुस माग्ने अड्डा बन्दै गएको छ। नापी कार्यालय धनगढीमा कार्यरत कर्मचारीहरूले सेवाग्राहीबाट हाकाहाकी घुस वाफतको रकम असुल्न थालेका हुन्।

कर्मचारीलाई घुस नदिएसम्म सेवा पाउनै मुस्किल हुने गरेको सेवाग्राहीको गुनासो छ। यतिसम्म कि नापी कार्यालय धनगढीबाट सेवा लिँदा जनप्रतिनिधिसँग समेत खुलेआम घुस मागेको तथ्य बाहिर आएको छ। गौरीगङ्गा नगरपालिका–४ का वडा सदस्यसँग नापी कार्यालय धनगढीका सर्वेक्षकले दुई लाख रुपैयाँ घुस मागेको तथ्य बाहिर आएको छ।

हाकाहाकी घुस माग्छन् नापीमा

गौरीगङ्गा नगरपालिका–४ का वडासदस्य हुन् बलराम सापकोटा। सापकोटा आफ्ना तीन जना भाइसहित बैशाख २१ गते नापी कार्यालय पुगेका थिए। आफ्नो नाममा रहेको जग्गाको लगतकट्टा गर्न र चार कित्तामा अंशबण्डा भएको १६ कट्टा जग्गाको लालपुर्जा लिन भाइहरूसँगै वडा सदस्य सापकोटा नापी कार्यालय पुगेका हुन्। तर, नापी कार्यालय धनगढीका सर्वेक्षकले सडकको लगतकट्टा गरे बापत घुस मागेको वडा सदस्य सापकोटाको दाबी छ।

चौमाला फिल्डको जिम्मेवारी पाएका सर्वेक्षक जयबहादुर साँकीले दुई लाख रुपैयाँ घुस मागेको सापकोटाको दाबी छ। ‘नापी कार्यालयको मुद्दा फाँटबाट फायल तयार गरेर चौमाला हेर्ने सर्वेक्षक जयबहादुर साँकीको फाँटमा जाँदा साँकीले लगतकट्टा गरेको दुई लाख लाग्ने बताए,’ उनले भने, ’पैसा नदिँदासम्म काम नहुनेदेखेपछि धनगढीको एक होटेलमा कुराकानी गर्दा साँकीले डेढ लाखमा काम गरिदिने भोलि १० बजे नै काम गरिदेने बताएका छन्। जसको अडियो हामीसँग सुरक्षित छ।’

एक दिनमा सकिने काममा १५ दिन लगाइयो

बैशाख २१ गते नापी कार्यालय आएका सापकोटासँग लगतकट्टा गर्दा राजस्वबाहेक दुई लाख घुस मागिएको हो। घुस दिन नमान्दा सापकोटाको जग्गाको लगतकट्टा गर्न नापी कार्यालयले १५ दिन लगाएको हो। लगातार तीन दिनसम्म कार्यालयमा आउँदा तेस्रो दिन सर्वेक्षक साँकीले धनगढीको एक होटलमा सापकोटासँग पैसा माग्न बार्गेनिङ गरेको दाबी गरिएको छ।

बार्गेनिङपछि एक लाख ५० हजारमा लगतकट्टा गर्न सर्वेक्षक साँकी तयार भएको अडियो सम्बाद आफूसँग सुरक्षित रहेको सापकोटाको दाबी छ। हाकिमसँगको मिलेमतोमै नापी कार्यालय धनगढीका कर्मचारीले सेवाग्राहीसँग घुस माग्ने गरेको आरोप सापकोटाले लगाएका छन्। उनले घुस मागेको गुनासो गर्दासमेत नापी कार्यालय प्रमुखले सर्वेक्षक साँकीलाई कारबाही नगरेको बताए।

‘नापी कार्यालयमा हाकिमकै इसारामा घुस माग्ने काम हुन्छ भन्ने मलाई शङ्का लागेको छ। हामीले सर्वेक्षक साँकीले कार्यकक्षमै दुई लाख घुस मागे भन्दा समेत उनलाई हाकिमले फाँटको जिम्मेवारीबाट अझै हटाएका छैनन्। यसबाट हाकिमको समेत मिलेमतो छ भन्ने लागेको छ,’ सापकोटाले भने।

सापकोटाका छिमेकीबाट दुई लाख घुस

नापी कार्यालय धनगढीमा कार्यरत सर्वेक्षक जयबहादुर साँकीले भने सेवाग्राहीसँग घुस नमागेको दाबी गरेका छन्। तर सापकोटाले आफ्नै एकजना छिमेकीबाट कित्ताकाट गरेको साँकीले दुई लाख घुस खाएको बताएका छन्। सर्वेक्षक साँकीले घुस मागेको गुनासो प्रमुख नापी अधिकृत जनकराज भट्टसँग गर्दा समेत साँकीलाई सचेतसम्म नगराएको सापकोटाको गुनासो छ। तर, गुनासो आएपछि सबैजना कर्मचारी बसालेर सचेत गराएको प्रमुख नापी अधिकृत भट्टको दाबी छ। ‘गुनासो आएपछि स्टाफ बैठक बसालेर सचेत गराउने काम गरिएको छ। उहाँले पनि घुस मागेको प्रमाण दिनु भएको छैन,’ प्रमुख नापी अधिकृत भट्टले भने।

प्रमुख जिल्ला अधिकारी भन्छन् घुस मागिए तुरुन्त खबर गर्नुहोस्

गत असोजमा नापी कार्यालयमा प्रमुख भएर आएका प्रमुख नापी अधिकृत भट्टले नै मातहतका कर्मचारीलाई सेवाग्राहीसँग घुस उठाउन परिचालन गर्ने गरेको आरोप छ। उनी आएपछि घुस उठाउने कर्मचारीको मनोबल बढेको तर्क समेत गरिएको छ। जुनसुकै कार्यालयमा पनि सेवाग्राहीको काम समयमा गर्न कर्मचारीबाट आनाकानी भए तथा नाजायज रकम माग भए तुरुन्त अख्तियार दुरुपयोग आयोग तथा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न सर्वसाधारणलाई कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले आग्रह गरेका छन्। ‘जुनसुकै कार्यालयमा पनि कानूनबाहेक अन्य कुनै पनि किसिमको रकम उठाउन पाइन्न। काममा ढिलासुस्ती भए या पैसा मागिए सेवाग्राहीले अख्तियार या जिल्ला प्रशासन कार्यालय सम्पर्क गर्न आग्रह छ। गलत गर्नेलाई कानूनअनुसार कारबाही हुन्छ,’ प्रमुख जिल्ला अधिकारी मिश्रले भने।

कहाँ–कहाँ मागिन्छ घुस?

धनगढीमा बढी भिडभाड हुने कार्यालयमा खुलेआम कर्मचारीले घुस माग्ने गरेका छन्। मालपोत तथा नापी कार्यालयमा लेखापढी गर्ने र जग्गा कारोबारीले सेवाग्राहीबाट रकम उठाउन विचौलियाको काम गर्ने गुनासो गरिएको छ। नापी कार्यालयमा भने हाकिमका नजिक रहेका कर्मचारीहरूले आफैं घुसका लागि बार्गेनिङ गर्ने गरेको केही घटना सार्वजनिक भएका छन्। धनगढीमा नापी कार्यालय मालपोत, भन्सार तथा यातायात व्यवस्था कार्यालयमा घुस नदिँदासम्म कुनै पनि काम गराउन नसकिने सेवाग्राहीले गुनासो गरेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज