Advertisement

बझाङ उपनिर्वाचन : एकीकृत समाजवादीका दुई धार

Advertisement

धनगढी : बझाङमा भोली हुने प्रदेश सभा सदस्यको उपनिर्वाचनको बिषयलाई लिएर एकिकृत समाजवादी दुई धारमा विभाजित भएको छ । समाजवादीमा एमालेलाई सहयोग गर्ने र नगर्ने भन्ने बिषयमा दुई धारमा विभाजित भएको हो ।

वैशाख १५ (भोली) हुने उपनिर्वाचनमा एकपक्षले एमालेलाई सहयोग गर्ने आन्तरिक सहमति गरेको छ भने अर्को पक्ष त्यसको विरुद्धमा देखीएको छ ।

स्रोतका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी पक्षले एमालेलाई मतदान गर्ने सहमति गरेको छ । निर्वाचनमा मत विभाजन हुदाँ एमाले समाजवादी दुवैले हार्ने र तेस्रो पक्षले जित्ने आकलन गरेपछि जोशी पक्षले एमालेलाई सर्मथन गर्ने सहमति गरेको स्रोतको दाबि छ ।

बझाङको उपनिर्वाचन सुदूरपश्चिम प्रदेश सरकार गठनमा निणार्यक देखीएपछि एमाले र समाजवादी दुवैले हारे मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत पाउन कठिनाई हुने देखेपछि जोशी पक्षले एमाले उम्मेदवार दमन भण्डारीलाई सहयोग गर्ने सहमति गरेको हो ।

उक्त सहमतिको आधारमा एमाले केन्द्रीय समस्य ऐन महरले सामाजिक सञ्जालमा समेत व्यक्त गरेका छन् । महरले शुक्रबार साझँ आफ्नो फेसबुकमा एकिकृत समाजवादीलाई सहमति र सहकार्यको लागि धन्यवाद व्यक्त गरेका छन् ।

तर समाजवादीकी सुदूरपश्चिम इन्चार्ज गरिमा शाह लगायत उम्मेदवार दिलबहादुर सिहं पक्षले भने त्यसको विरोध गरेका छन् ।

बझाङमा समाजवादीले एमालेका उम्मेदवारलाई समर्थन गरेको भन्ने प्रचार झुटो भएको उक्त पक्षको दाबि छ । समाजवादीले अन्य कुनै दलका उम्मेदवारलाई समर्थन नगरेको स्पष्ट पार्दै जिल्ला कमिटिले विज्ञप्तीसमेत जारी गरेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज