Advertisement

बझाङ कृषि विकास बैकमै लुटतन्त्र

Advertisement


बझाङ : बझाङ जिल्लाकाे बुङगल नगरपालिकामा रहेको कृषि विकास बैकमै लुटतन्त्र हुन थालेको छ ।

बड्डीज्यावनका ५८ वर्षीय नरुवा बोहरा लगायत सोही गाउँका १५ जना गत चैत्र २५ गते खाता खोल्न भन्दै बुंगल नगरपालिकाको झापामा रहेको कृषि विकास बैंकमा पुग्नुभयो । जहाँ सेवाग्राहीको भिडभाड र चाप भएका कारण बैंक कार्यालय बाहिरनै दुई वटा लाइन लगाइएको थियो ।

बोहरा लगायत उक्त गाउँका स्थानीयहरू नगरपालिकाबाट सञ्चालन हुने सुरक्षित नागरिक आवास कार्यक्रममा छनोट भएको भएर पालिकाले बैंकमा खाता खोलेपछि मात्रै सुरक्षित आवास निर्माणका लागि रकम भुक्तानी दिने भनेपछि उहाँहरूले बैंकमा खाता खोल्नैपर्ने बाध्यता थियो ।

५८ वर्षीय बोहरा लगायत बड्डीज्यावन सबै नागरिकहरू खाता खोल्नको लागि बैंक बाहिरै दिनभर पालो कुरेर लाइनमा बस्नुभयो, तर उहाँहरूको पालो बैंक बन्दहुने समयसम्म पनि पुगेन । बैंक भित्रका कर्मचारीसँग चिनजान भएका अन्य कर्मचारी लगायत पहुँच भएकाहरूलाई भने लाइनमा नै नबसी बैंक भित्र प्रवेश गर्न दिइन्थ्यो ।

चिनेजानेका र आफ्ना आफन्त बाहेक अरु सर्वसाधारणलाई सुरक्षा गार्डले बैंक भित्रनै प्रवेश गर्न नदिने गरेको उहाँले गुनासो गर्नुभयो। उहाँले भन्नुभयो, कोही कोही व्यक्तिहरू एक जना भित्र पसेर आफ्नाहरु ८/१० जनाको पनि काम गरिदिन्छन् । ‘हामी जस्ता सर्वसाधारणले भने सधैँ लाइनमा बसेर पनि पालो आउँदैन । उमेरले पनि वृद्ध भइसकेका बोहरा लगायतका स्थानीय चैत्र महिनाको टन्टलापुर गर्मीमा दिनभर लाइन कुरेर पनि पालो नपाएपछि साँझतिर बैंकका सुरक्षा गार्डले कार्यालय समय सकिएकाले आज काम नहुने भन्दै घर जान आग्रह गरे ।

दिनभर गर्मीमा पसिना बगाएर पनि आफ्नो पालो नआएपछि निरास भएका बोहराले जसरी पनि आफ्नो काम गरिदिन त्यहाँका कर्मचारीलाई आग्रह गर्नुभयाे, तर बैंकका कर्मचारीले भने कार्यालय समय सकिएको भनेर आज काम गर्न नसकिने र काम गर्नै परेपनि कार्यालय समय भन्दा बाहिर (ओभर टाइम ) काम गरेको पैसा सेवाग्राहीले तिर्नुपर्ने बताएकाे उहाँकाे आराेप छ ।

बड्डीज्यावनबाट बैंक कार्यालयसम्म पुग्न ५ घण्टा पैदल हिँड्नुपर्ने हुन्छ । आफूहरूले खाता खोल्नका लागि फाराम भनेर बैंकमा दिएर समय भएको बेला खाता खोलिदिन कर्मचारीहरू सँग बिन्ती बिसाएपनि कर्मचारीले फाराम समेत बुझ्न नमानेको स्थानीय जित धामीले बताउनुभयो ।
खाता खोल्नै पर्ने भएकाले बैंकका कर्मचारीले (ओभर टाइम ) काम गरेको पैसा सेवाग्राहीले तिर्नुपर्ने भनेपछि आफूहरू १० जनाले प्रतिव्यक्ति चार सय रुपैयाँ उठाएर ४ हजार रुपैयाँ कर्मचारीलाई दिएपछि कर्मचारीले खाता खोल्ने काम गरेकाे उहाँको भनाइ छ ।

कुनै पनि बैंकमा खाता खोल्दा सेवाग्राहीले पैसा तिर्नु नपर्ने व्यवस्था भएपनि कृषि विकास बैंक बुंगल शाखाले भने ओभर टाइम काम गरेको भन्दै सेवाग्राही बाट पैसा लिने गरेको आरोप छ । कर्मचारीको लापरबाही गर्ने गरेको कारण सेवाग्राहीलाई झनै सास्ती भोग्नु परेको छ ।
पैसा तिरेर खाता खोली दिएका केही स्थानीयको समेत खाता खोल्दा कर्मचारीले त्रुटि गरेको पाइएको छ । बड्डीज्यावनकै स्थानीय जित धामीको थर चेकबुकमा बोहरा बनाइएको छ भने नरुवा बोहराको थर धामी बनाइदिएको छ । चेकबुकमा खाता नम्बर १६ अंकको हुनुपर्नेमा कुनै कुनै स्थानीयको १५ अङ्कको मात्रै खाता नम्बर चेकबुकमा लेखिएको छ । कर्मचारीले गरेको सोही त्रुटि सच्याउन पनि सेवाग्राहीले चर्को गर्मीमा लाइनमा नै बस्नुपर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ । यसरी कर्मचारीको लापरबाहीले गर्दा बैंकमा सेवालीन आउने सेवाग्राहीले झनै सास्ती खेप्नु परेको स्थानीय नरपति धामीले बताउनुभयो । बड्डीज्यावन वासीको जस्तै दुःख दर्जनौँ सेवाग्राहीले भोगिरहेका छन् । आफूले बैंकमा जम्मा गरेको पैसा साट्न पाइँदैन, बैंकमा नगद पैसा नभएको भन्दै बुंगल नगरपालिकामा रहेको कृषि विकास बैंक बुंगल शाखाका सेवाग्राहीले आफूले बैंकमा जम्मा गरेको रकम पनि साट्न नपाएको गुनासो गर्ने गरेका छन् । सँधै जसो बैंकले नगद पैसाको अभाव देखाउँदै ५० हजार भन्दा ठुलो चेक साट्न नमान्ने गरेको एक स्थानीय मान बहादुर बोहराले बताउनुभयो । ‘उहाँले भन्नुभयो ‘आफूले बैंकमा जम्मा गरेको रकम पनि साट्न पाइदैन ,बैंकमा जहिले पनि पैसानै हुँदैन । ५० हजार सम्मको चेक साट्न पनि चैनपुर नै जानुपर्ने हुन्छ ।’

नगरपालिकामा एउटा मात्रै बैंक भएको कारण कर्मचारीको तलब ,नगरपालिकाले वितरण गर्ने सामाजिक सुरक्षा भत्ता लगायतका कारोबारहरू पनि बैंक मार्फत नै सञ्चालन हुने गरेका छन् । बैंकमा सेवाग्राहीको चाप, कर्मचारी अभाव र कर्मचारी तथा सरोकारवालाको लापरबाहीका कारण बुंगल नगरपालिकाको दुर्गम गाउँ बड्डीज्यावन, गनै, दहबगर, मजिउने लगायत टाढाटाढाबाट आउने सेवाग्राहीले बढीनै सास्ती खेप्नुपरेको छ ।

कृषि विकास बैंक बुंगल शाखामा अहिले १८ हजार बन्दा बढी सेवाग्राहीका खाता सञ्चालनमा रहेको कृषि विकास बैंक बुंगल शाखाका प्रबन्धक दिनेश न्यौपानेले बताउनुभयो । उहाँले खाता खोल्न पैसा कर्मचारीले लिए भनेको दिन चैत्र २५ गते आफू कार्यालयमा नरहेको र कार्यालयकै कामकाजका लागि धनगढीमा रहेको कारण यस विषयमा थाहा नपाएको बताउनुभयो । उहाँले खाता खोल्दा पैसा लिएको भए कर्मचारी सँग बुझेर पैसा फिर्ता गराउने पनि बताउनुभयो । दुर्गम भएका कारण कर्मचारी बैंकमा बस्न नमान्ने र कर्मचारी अभावका कारण सेवा प्रवाह गर्न समस्या हुने गरेको उहाँको भनाई छ ।

‘उहाँले भन्नुभयो, ‘सेवा प्रवाह सहज बनाउनका लागि काम गरि रहेको छु । अहिले १८ हजार बन्दा बढी सेवाग्राहीका खाता सञ्चालनमा छ । नगद जम्मा गर्ने ग्रहाक भन्दा पैसा झिक्ने ग्राहक बढी भएका कारण कहिलेकाँही ठुलो रकम साट्न पैसाको अभाव हुने गरेको छ ।’ उहाँले भन्नुभयाे, ‘बैंकमा ४ जना कर्मचारी हुनुपर्नेमा अहिले ३ जना मात्रै छौं ।’ आफू कर्मचारी भर्नाकै लागि पहल गरिरहेको र अबको केही हप्ता भित्रै एक जना कर्मचारी सरुवा भएर बैंकमा आउन लागेको उहाँले बताए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज