Advertisement

जिल्ला अस्पताल बझाङमा जनशक्ति अभावका कारण सेवा प्रवाहमा समस्या

Advertisement

जिल्ला अस्पताल बझाङमा जनशक्ति अभावका कारण सेवा प्रवाहमा समस्या भएको बताइएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सोनु सिहँले आज सामाजिक सञ्जाल मार्फत जिल्ला अस्पताल बझाङमा जनशक्ति अभावका कारण सेवा प्रवाहमा समस्या भएको जानकारी गराउनुभएको छ । जिल्लाका नागरिकहरुको एक मात्रै आशा भरोसाको रुपमा रहेको जिल्ला अस्पतालमा केहि समय अघि तिनजना चिकित्सकले छोडेर गएपछि अहिले चारजना मेडिकल अफिसरको भरमा अस्पताल चलाउनुपर्ने बाध्यता आएको अध्यक्ष सिहँको भनाई छ । उहाँले दुई महिनादेखि नै अस्पतालमा नयाँ डक्टर पठाउनुपर्ने माग सहित बारम्बार पत्राचार गर्दा पनि केन्द्र र प्रदेशबाट कुनै सुनवाइ नभएको गुनासो गर्नुभएको छ ।

अहिले जिल्ला अस्पताल बझाङमा दैनिक एक सय ५० देखि दुई सयसम्म विभिन्न समस्याहरु लिएर बिरामीहरु आउने गरेको भएपनि प्रयाप्त जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको अस्पताल स्रोतले जनाएको छ । अस्पतालमा आउने बिरामीहरुले पनि अस्पतालको अवस्था नबुझेर सेवा प्रवाह सुस्त रहेको, अस्पतालको लापरबाहिजस्ता गुनासाहरु पोख्ने गरेको बताइएको छ । यसैबिच अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सोनु सिहँले चारजना मेडिकल अफिसरको भरमा अस्पताल चलाउन सम्भव नरहेको बताउदै सरकारले आफ्नो समस्याको सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज