Advertisement

वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल र प्यालेस्टाइन सेमिफाइनलमा

Advertisement

धनगढी – साउदी अरेबियामा भइरहेको वाफ वुमन्स च्याम्पियन्सिपमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ । 

समूह बी अन्तर्गत बिहीबारको खेलमा नेपाल र प्यालेस्टाइन दुवै विजयी भएपछि नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

गएरातिको खेलमा प्यालेस्टाइनले सिरियालाई १-० ले पराजित गरेपछि नेपालसँगै प्यालेस्टाइन पनि अन्तिम चारमा पुगेको छ । त्यसअघि नेपालले इराकलाई ५-० ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको थियो ।

समूह बी मा नेपाल र प्यालेस्टाइन दुवैले लगातार दोस्रो खेल जित्दै ६ अंक जोडेका छन् । तर गोलअन्तरमा नेपाल अघि छ ।

अब शनिवार हुने नेपाल र प्यालेस्टाइनबीचको खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ । पहिलो पटक वाफ च्याम्पियनसिप खेलिरहेको नेपालले पहिलो खेलमा सिरियालाई ४-१ ले पराजित गरेको थियो ।

लगातार दुई खेल हारेका इराक र सिरिया भने समूह चरणबाटै बाहिरिएका छन् ।

८ टोली सहभागी प्रतियोगितामा समूह ए बाट जोर्डन र लेवानोनले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । दुवैले लगातार दुई खेल जितेका छन् ।

अब शुक्रबार हुने यी दुई टोलीको खेलबाट समूह ए को विजेता र उपविजेता निर्णय हुनेछ । नेपालले सेमिफाइनलमा यी दुई मध्ये एक टोलीसँग खेल्नुपर्नेछ ।

जोर्डन साविक विजेता समेत हो भने अहिलेसम्म भएको ७ मध्ये ५ संस्करणको रुपमा पनि जितेको छ । लेवानोनको सबैभन्दा राम्रो नतिजा भनेको उपविजेता हो । गत संस्करणको फाइनलमा लेवानोन जोर्डनसँग नै पराजित भएको थियो । यस्तै लेवानोन दुई पटक तेस्रो भएको थियो ।

पहिलो पटक प्रतियोगिता खेल्दै आयोजकको रुपमा रहेको साउदी अरेबिया र पहिलो पटक नै सहभागिता जनाएको ग्वाम समूह ‘ए’ मा लगातार दुई खेल हार्दै बाहिरिसकेको छ ।

यस प्रतियोगितामा नेपालकी सावित्रा भण्डारी साम्बा सर्वाधिक ६ गोल गर्दै शीर्ष स्थानमा छिन् । पहिदलो खेलमा सिरिया विरुद्ध एक गोल गरेकी उनले दोस्रो खेलमा इराकलाई नेपालले ५-० ले हराउँदा पाँचै गोल गरेकी थिइन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज