बझाङका भुकम्प प्रभावितलाई निशुल्क टहरा बनाएको टोलीले न्यानो कम्बल वितरण गर्यो
बझाङ : खप्तडछान्ना गाउँपालिका वडा नम्बर ७ का भुकम्प प्रभावित परिवारलाई न्यानो कम्बल वितरण गरिएको छ । ग्रामीण महिला विकास तथा एकता केन्द्र ( रुडुक ) को सहयोगमा खप्तडछान्ना गाउँपालिका - ७ गोरखालीका भुकम्प प्रभावित परिवारलाई न्यानो कम्बल वितरण गरिएको हो ।
गएको असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर गएको भुकम्प पछि जिल्लाका भूकम्प प्रभावितका लागि नि:शुल्क टहरा निर्माण अभियान थालेका तरुण दलका केन्द्रीय सदस्य विष्णु ऐडीको टोलीले शुक्रबार उक्त न्यानो कम्बल वितरण गरेको हो । भुकम्प प्रभावितको व्यवस्थापन अभियान अन्तर्गत गोरखालीका विपन्न चार परिवारलाई न्यानो कम्बल र केही खाद्यान्न वितरण गरेको बझाङ उद्योग वाणिज्य संघका सदस्य एवं युवा समाजसेवी बिरेन बिष्टले बताए ।
बिष्टका अनुसार केही दिन अघि मष्टा र थलारा गाउँपालिका लगाएतका भुकम्प प्रभावितलाई पनि न्यानो कम्बल वितरण गरिएको थियोे । सहयोग हस्तान्तरणको ...


