
दार्चुला – दार्चुलामा एक आरा मिलमा आगलागी भएको छ ।
शैल्यशिखर नगरपालिका ९ गाजरी वस्ने सुदेव भट्टले सञ्चालन गरेको आरा मिलमा बिहान ३ः३० बजेतिर अचानक आगलागी भएको हो ।
आगलागी हुँदा आरा मिल भित्र रहेका काठ, ब्याट्री, सिसा, फ्रेम लगायतका सामान गरि अन्दाजी मुल्य १० लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
उक्त आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

