Advertisement

Day: २०८० फाल्गुन ३, बिहीबार २०:५५

धनगढीमा पूर्व प्रधानमन्त्री चन्दलाई नागरिक अभिनन्दन

समाचार
धनगढी - पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई आज धनगढीमा नागरिक अभिनन्दन गरिएको छ ।  नागरिक अभिनन्दन मूल समारोह समितिले आज धनगढीमा उनलाई नागरिक अभिनन्दन गरेको हो ।  उनको ८५ औँ जन्मोत्सवको अवसर पारी नेपालको राजनीति र साहित्यमा गरेको योगदानको कदरस्वरुप नागरिक अभिनन्दन गरेको आयोजकले जनाएको छ ।  समारोहमा विभिन्न साहित्यकारले पूर्व प्रधानमन्त्री चन्दको व्यक्तित्व र कृतित्वको चर्चा गरेका थिए । उनलाई धनगढीमा रथयात्रा पनि गराइएको छ ।  चन्दको जन्म विसं. १९९६ फागुन ३ गते बैतडीको कुरकुटिया गाउँमा भएको थियो । २०२५ सालबाट औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका चन्द २०४०, २०४६, २०५३ र २०५८ मा गरी चार पटक नेपालको प्रधानमन्त्री भए । चन्द राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध थिए । ...

अछाम बहुमुखी क्याम्पसलाई ‘क्युएए’ प्रमाणपत्र

समाचार
अछाम - सामुदायिक रुपमा सञ्चालित अछाम बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ ।  विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रक्रिया पूरा गरेर शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसमा क्याम्पसलाई 'क्युएए' प्राप्त भएको हो ।  काठमाडौंमा आयोजित एक कार्यक्रमका बिचमा विश्वविद्यालय अनुदान आयोगले क्याम्पसलाई क्युएए प्राप्तिको प्रमाणपत्र प्रदान गरेको छ ।  आठ वर्षदेखिको अथक मिहिनेतको प्रतिफलमा क्युएए प्रमाणपत्र प्राप्त गरेको र आगामी दिनको शैक्षिक गुणस्तरीयतामा केन्द्रित हुने क्याम्पस सञ्चालक समिति अध्यक्ष पदमबहादुर बोहराको भनाइ छ ।...

डोटीमा एक घरमा आगलागी 

समाचार
डोटी - डोटीको एक घरमा आगलागी भएको छ ।  पुर्बीचौकी गाउँपालिका २ कुडासैन बस्ने शरु देवी ठकुल्लाको २ तले कच्ची घरमा गोठको भान्सामा बालेको आगोबाट बुधवार आगलागी भएको हो । आगलागी हुँदा गोठमा रहेका ३ वटा गाई र १ वटा बाख्रा जलेर मरेका छन् ।  गोठमा रहेको पराल, काठ लगायतका सामान गरि अन्दाजी मुल्य १ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएके छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ...

दार्चुलाको एक आरा मिलमा आगलागी हुँदा १० लाखको क्षति 

समाचार
दार्चुला - दार्चुलामा एक आरा मिलमा आगलागी भएको छ ।  शैल्यशिखर नगरपालिका ९ गाजरी वस्ने सुदेव भट्टले सञ्चालन गरेको आरा मिलमा बिहान ३ः३० बजेतिर अचानक आगलागी भएको हो । आगलागी हुँदा आरा मिल भित्र रहेका काठ, ब्याट्री, सिसा, फ्रेम लगायतका सामान गरि अन्दाजी मुल्य १० लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।  उक्त आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।...

महेन्द्रनगरबाट हिँडेको बस कपिलवस्तुमा दुर्घटना हुँदा १० जनाको मृत्यु, २० घाईते

समाचार
कपिलवस्तु - कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही खोलामा बस खस्दा १० जनाको घटनास्थलमै मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।  सुरही खाेलामा ०२–००१ख–००९८ न.को सुनौलो महाकाली यातायातको यात्रुवाहक बस दुर्घटना भएको हो ।  सशस्त्र प्रहरी बल नेपाल नं.२८ गण कपिलवस्तुमा सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीका अनुसार महेन्द्रनगरबाट काठमाण्डौ तर्फ जादै गरेको यात्रुवाहक बस सडकबाट २ सय फिट तल खसेको बताए ।  घाइते भएकाहरुलाई बुटवल र भालुवाङ तर्फ पठाइएको उनको भनाई छ । उक्त घटना स्थलमा सशस्त्र प्रहरी उपरीक्षक केसी सहित ६० जनाको टोलीद्धारा उद्दार कार्य भई रहेको छ । यद्यपि घटनाको थप विवरण आउन बाँकी छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज