
गौरीगंगा – कैलालीको गौरीगंगा ५ मा रहेको अनुपम कृषि बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो साधारण सभा सम्पन्न भएको छ ।
वडा नम्बर ५ का वडा अध्यक्ष विष्णु प्रसाद भाटको प्रमुख आतिथ्यता रहेको उक्त साधारण सभामा सहकारी संस्थाका संस्थापक अध्यक्ष भक्त बहादुर बिकको सभापतित्व रहेको थियो ।
उक्त सहकारीको साधारण सभामा लेखा समिति संयोजक गंगा बिकले आर्थिक विवरण पेस गरेकी थिइन् । शेयर पुँजी चार लाख ९० हजार र निक्षेप बचत एक लाख १८ हजार छ सय ७३ उनले बताइन् ।
संयोजनक बिकका अनुसार उक्त संस्थामा अहिलेसम्म ८० जना शेर धनी रहेको र हालसम्म कृषि क्षेत्रमा चार लाख ६७ हजार छ सय १० लगानी रहेको छ ।
त्यस्तै उक्त सहकारी सञ्चालक समितीमा रहेर ऋण लगेर कृषिमा लगानी गरि तरकारी खेती गर्दै आएका मीन बहादुर बिकले आफूले उब्जाएको सब्जी, टमाटर र काउलीलाई प्रदर्शन गराएका थिए ।
सहकारीबाट ऋण लगेर उक्त सकमको सहि सदुपयोग गरे स्वरोजगार हुन सकिने उनले बताए ।
सहकारीलाई सहि सदुपयोग गरेर आत्मनिर्भर हुन हातोमालो गर्ने संस्था रहेको निवर्तमान वडा अध्यक्ष जंग बहादुर बिकले बताए ।
त्यस्तै सहकारीले गाउँमा कृषि क्षेत्रमा राम्रो काम गरेको भन्दै आजका दिनबाट पाँच वटा शेयर धनी लिएको र गाउँ बासिले पनि एक एक शेयर लिन विशिष्ट अतिथि वडा सदस्य दिपक बडैलाले आग्रह गरेका छन् ।
सहकारीलाई बीचैमा छोडेर जानेहरुलाई कटाक्ष गर्दै राजा अकबर र बिरबलको कहानी सुनाउँदै जस्ले बुज्दैन त्यो गए भोलि उनिहरुलाई प्रश्चाताप हुने प्रमुख अतिथि वडा अध्यक्ष भाटले बताए छन् ।
अध्यक्ष भाटले आगामी दिनमा सरकारबाट आउने कृषि क्षेत्रका अभियानमा अथवा अनुदानमा वडा सरकार उक्त सहकारीसँग सहकार्य गर्ने प्रतिबद्धता गरेका छन् ।
त्यस्तै कार्यक्रमका सभाध्यक्ष बिकले आगामी वर्ष भित्र एक सय ५० जनालाई शेयर धनी बनाउने प्रतिज्ञा गर्दै सोही सभामा कृषि लगनशीलता देखाएको र सहकारीको सहि सदुपयोग गरेको भन्दै कृषक मीन बहादुरलाई खादा ओढाएर कार्यक्रम समापन गरेका थिए ।

