‘ओम्स’ सुदूरपश्चिमद्वारा प्रदेश भेला : प्रदेश, महिला र युवा कमिटी गठन
धनगढी - बजार व्यवस्थापन तथा बिक्रि कर्मचारी संघ (ओम्स) नेपाल सुदूरपश्चिम प्रदेशद्वारा आयोजित प्रदेश भेला तथा बनभोज कार्यक्रम आज धनगढीमा सम्पन्न भएको छ।
ओम्सका प्रदेश अध्यक्ष जयराज मिश्रको अध्यक्षतामा भएको उक्त भेलाका प्रमुख अतिथी ओम्स नेपालका केन्द्रिय अध्यक्ष सूर्य पराजुलि रहेका थिए ।
जिफन्टका प्रदेश अध्यक्ष जित बहादुर मल्ल विशिष्ट अतिथि रहेको उक्त भेलामा कैलाली वितरक संघका अध्यक्ष सिद्धराज पनेरु, मदिरा व्यवसायी संघ धनगढीका उपाध्यक्ष महेन्द्र कुमार सिंह, ओम्स नेपालका केन्द्रिय उपाध्यक्ष डम्मर ठकुल्ला, उपमहासचिव जनक ढकाल, केन्द्रिय सदस्य महेश फुलारा, गोबिन्द ओलि, प्रमित पराजुली र मधेस प्रदेश संयोजक पंकज मिश्र अतिथी रहेका थिए ।
उक्त भेलामा राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनलाई पनि आमन्त्रण गरि २५ ओटा पुस्तक खरिद गरिएको उक्त भेलामा ओम्सका प्रदेश सदस्य रुद्र पौडेलले कार्यक...

