Advertisement

देशमा संघीयता भएको कसैलाई मन परेको छैन : मन्त्री धामी

Advertisement

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री रमेश धामीले संघीयता कि त कार्यान्वयन हुनुपर्ने नभए खारेज हुनुपर्ने बताउनुभएको छ । 

नेपाल उद्योग वणिज्य महासंघ, सुदुरपश्चिम प्रदेशको सातौं प्रदेश सभालाई शुक्रबार धनगढीमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएकाे हाे ।

“देशमा संघियता लागु भएको छ तर कसैलाई मन परेको छैन । नियम संघीयता केही पनि छैन । कि संघीयता कार्यान्वयन गरौं होइन भने खारेज गरौं । यसको कार्यान्वयनको लागि सबै लागौँ।” उहाँले भन्नुभयो, “सुदूरपश्चिम प्रदेश सरकारको औद्योगिक क्षेत्र नभएको स्वीकार गर्दै  केन्द्र सरकारले घोषणा गरेका औद्योगिक क्षेत्रहरु पनि भद्रगोल अवस्थामा रहेका छन् । डुडेझारी, लालपुर र दैजी कसलाई औद्योगिक क्षेत्र बनाउने हो संघले टुंग्याउनुपर्ने भएकाेले तानातान भएकाे छ ।”

मन्त्री धामीले औद्योगिक क्षेत्र घोषणाको लागि घोषणा होइन कि हाम्रै जिवनकालमा उद्योग खोल्ने गरि काम गर्नुपर्ने बताउनुभयाे । उद्योग वाणिज्य संघको जारी प्रदेश अधिवेशन औद्योगिक क्षेत्र कहाँ राख्ने हो तथ्यसहितको सुझाव दिनुपर्ने माग गर्नुभयाे । यस्तै धामीले अहिलेको आर्थिक संकटबाट मुक्ति पाउन सबैले इमानदार भएर काम गर्नुपर्ने उहाँले बताउनु भएकाे छ ।

“कर कसले तिर्नुपर्छ, कसले ठग्ने गरेको छ । यहाँ उपस्थित सबैलाई थाहा छ । खाली नेताहरूलाई मात्रै गाली गरेर हुँदैन । नेताहरूलाई चोरी, भ्रष्टाचार गर्न सिकाउने व्यवसायी र अन्य नागरिक  नै हुन् ।” उहाँले थप्नुभयो, “देशमा भएको पैसा कहाँ गयो भनेर नेताहरु तिर फर्केर केही हुने वाला छैन ।”

यस्तै मन्त्री धामीले सुदूरपश्चिम प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलन निजी क्षेत्रका व्यवसायीको सर सल्लाहमा सारिएको बताउनुभयाे । असोज २१ र २२ गते यहाँ हुने लगानी सम्मेलनको विशेष महत्त्व रहेकोसमेत उहाँले जिकिर गर्नुभयो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

अछाममा एमालेतर्फ आकर्षण : चौरपाटीमा रामबहादुर साउँदसहित डुङ्ग्री टोलनै एमालेमा प्रवेश

अछाममा एमालेतर्फ आकर्षण : चौरपाटीमा रामबहादुर साउँदसहित डुङ्ग्री टोलनै एमालेमा प्रवेश

अछाम- अछामको चौरपाटी गाउँपालिका-३ को एक गाउँ नै नेकपा एमालेमा प्रवेश गरेको छ। पूर्व समाजवादी गाउँ कमिटी अध्यक्ष तथा निर्वाचित वडाध...
प्रतिनिधि सभा निर्वाचन २०८२ : प्रत्यक्षतर्फ मतगणना अन्तिम चरणमा, ४ सिटको नतिजा आउन बाँकी

प्रतिनिधि सभा निर्वाचन २०८२ : प्रत्यक्षतर्फ मतगणना अन्तिम चरणमा, ४ सिटको नतिजा आउन बाँकी

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। अब केवल चार वटा निर्वाचन क्षेत्रको नतिजा ...
अछाम- २ मा एमालेका यज्ञबहादुर बोगटी विजयी, पुष्प शाहलाई ४७२ मतले पराजित

अछाम- २ मा एमालेका यज्ञबहादुर बोगटी विजयी, पुष्प शाहलाई ४७२ मतले पराजित

अछाम- अछाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।  अन्तिम सार्वजनिक परिणाम अनुसार नेक...
पराजयपछि पनि जनतामाझ दिपक : संसद नपुगे पनि सडकबाट जनताको आवाज उठाउँछु

पराजयपछि पनि जनतामाझ दिपक : संसद नपुगे पनि सडकबाट जनताको आवाज उठाउँछु

अछाम- प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका नेकपा एमालेका उम्मेदवार दिपक साउँद मतदातालाई धन्यवाद ज्ञापन गर्न चौरपाटी गाउँपालिक...
अछाम- १ मा भरत स्वाँरलाई दिपक साउँदको पहिलो बधाई, मतदाताप्रति आभार, राजनीतिक संस्कारको उदाहरण प्रस्तुत

अछाम- १ मा भरत स्वाँरलाई दिपक साउँदको पहिलो बधाई, मतदाताप्रति आभार, राजनीतिक संस्कारको उदाहरण प्रस्तुत

अछाम - अछाम- १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली काँग्रेसका भरत कुमार स्वाँरलाई नेकपा एमालेका उम्मेदवार दिपक साउँदले बधाई ...
अछाम- १ मा कांग्रेसका भरतकुमार स्वाँर विजयी, भीम रावल पराजित

अछाम- १ मा कांग्रेसका भरतकुमार स्वाँर विजयी, भीम रावल पराजित

अछाम- प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत अछाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँर विजयी भएका छन्। ...
अछाम- १ मा भीम रावल पछि, भरतकुमार स्वाँरको अग्रता

अछाम- १ मा भीम रावल पछि, भरतकुमार स्वाँरको अग्रता

अछाम क्षेत्र नम्बर १ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ। नेपाली कम्युनिष्ट पार्टीका भीम रावल...
बझाङमा एमालेका ऐन महरको अग्रता कायमै, कांग्रेसका स्नेही पछ्याउँदै

बझाङमा एमालेका ऐन महरको अग्रता कायमै, कांग्रेसका स्नेही पछ्याउँदै

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बझाङमा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार ऐन महरले अग्रता बढाउँदै गइरहेका छन्। हालसम्मको ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज