Advertisement

कैलालीमा ठेकेदारको लापरबाही : निर्माणको काम भताभुङ्ग

Advertisement

कैलाली – बनेको सडकको अढाई किलोमिटर कालोपत्रे गर्ने ठेक्का सम्झौताको तीन पटक म्याद थपिसक्दा पनि काम भने ३५ प्रतिशत मात्र भएको छ । 

निर्माण कम्पनीले लगातार काम नगर्दा सडक किनारमा बनाइएको नालीसमेत अहिले टुटफुट भएर भताभुङ्ग अवस्थामा छ । 

यो कुरो हो सुदूरपश्चिम प्रदेश गौरवकै आयोजनाको रूपमा अगाडि बढेको कैलालीको चौकीडाँडा–फल्टुडे सडक जिरो पाइन्टदेखि मालाखेती सेतो पुलसम्म कालोपत्रे गर्न कालिका कन्स्ट्रक्सनले लिएको निर्माण ठेक्का, एडिबीको ऋण सहयोगमा क्षेत्रीय सहरी विकास कार्यालयमार्फत गोदावरीमा निर्माण गरिने ६ वटा सडकमा सो चौकीडाँडा–फल्टुडे सडकको जिरो पाइन्ट खण्ड निर्माणका लागि तीन पटक म्याद थपिसकिएको छ । 

सम्झौतामा एक वर्षभित्रै काम सम्पन्न गर्नेगरी २०७७ साउन २० गते ठेक्का लगाइएको थियो । सो सडक अगाडि बढाउने क्रममा मालाखेती सेतो पुलदेखि प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालय धनगढीले २०७७ भदौ १८ गते एडभेन्चर, थेगिङ, सनलाइट जेभीसँग अर्को ठेक्का सम्झौता गरेको थियो । 

गोदावरी नगरपालिका –१० को कार्यालयसम्म अढाई किलोमिटर सडक कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता गरिए पनि सो सडक पनि लथालिङ्ग छ । पाँच करोड ८४ लाखमा ठेक्का सम्झौता भएको सो सडक निर्माणका लागि पटक–पटक म्याद थप्दा पनि ठेकेदारले हालसम्म नाली निर्माणको काम पनि पूरा गर्न नसकेको स्थानीयको भनाइ छ ।  

यी दुई योजना लथालिङ्ग हुँदै गर्दा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालयले थप सडक कालोपत्रे गर्न वडा १० को कार्यालयदेखि बान्द्रेखालसम्म ३ किलोमिटर कालोपत्रे गर्न ठेक्का सम्झौता गरेको छ । २०७९ चैत १८ गते भएको सम्झौता अनुसार उक्त सडक १८ महिनाभित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौता भए पनि सो सडक पनि निर्माण अवधिमा सकिने छाँटछाँट छैन । 

उक्त सडक निर्माणका लागि तेडी निर्माण सेवासँग पाँच करोड ७६ लाख भ्याट बाहेक ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीका सञ्चालक दिलबहादुर ओलीले जेठसम्म कालोपत्रे सक्ने दाबी गर्नुभएको छ । यद्यपि, हाल सडकको ४० प्रतिशत पनि काम सकिएको छैन । 

चौकीडाँडा–फल्टुडे सडकमा यी तीनवटा योजनाले गति लिन नसक्दा हाल सङ्घीय सरकार मातहत रहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरबाट थप ८ सय मिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता गरेर काम अगाडि बढाइसकेको छ । बान्द्रेखालदेखि गौडीसम्मको सडकखण्डको यो काम भने सन्तोषजनक रहेको स्थानीय १२ नम्बर वडाका अध्यक्ष भीमबहादुर खड्काले बताए । 

उनले जिरो पाइन्टदेखि बान्द्रखालसम्मका तीन योजना भने लथालिङ्ग रहेको भए पनि बान्द्रेखालदेखि गौडीसम्मको सडकको काम भने सन्तोषजनक रहेको बताए । गोदावरी नगरपालिका ११ नम्बरका वडाध्यक्ष प्रेमसिंह बडैलाले पनि निर्माण कार्य अलपत्र छाडेर ठेकेदार बेपत्ता भएको बताएका छन् । 

सडक नबन्दा ओलानी क्षेत्रका जनताले सास्ती खेप्नुपरेको गुनासो गर्दै उनले भने, ‘यस क्षेत्रमा नेता नभएर हाेकि हामीलाई हेपेर हो । आएका योजना पनि वर्षौँसम्म अलपत्र छन् ।’ उनले थपे, ‘यहाँ ठेकेदारको चरम लापरबाहीका कारण समस्या भएको छ ।’ 

भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियर जनक रोकायाले सडक निर्माणको काम सुस्त भएको बताए । उनले पनि ठेकेदारलाई काममा तीव्रता दिन घचघच्याइने काम भइरहेको बताए । गोरखापत्रबाट 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज