Advertisement

धनगढीका मेयर हमालको घरमा कालो ब्यानर टाँस्ने चेतावनी

Advertisement

कैलाली । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले धनगढीका नगर प्रमुख गोपाल हमालको घरमा कालो झन्डा टाँस्ने चेतावनी दिएको छ । सोमबार कैलालीको धनगढीमा क्रान्तिकारी युवा सङ्गठनले आयोजन गरिएको पत्रकार सम्मेलनमा  क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बाजुरा इन्चार्ज केशव उपाध्यायले ले यस्तो चेतावनी दिएका हुन् ।

ad

कैलाली संयोजक अनमोलले जारी गरेको प्रेस विज्ञप्ति वाचन गर्दै उनले आफूहरू सङ्घर्षमा उत्रिन बाध्य भएको बताए । उक्त विज्ञप्तिमा मेयरको घरमा कालो ब्यानर टाँस्ने देखी कार्यालय समय र सम्बन्धित व्यक्तबाहेक सवारी साधन चलाएको पाइएमा कालो मोसो दल्ने सम्मको चेतावनी उल्लेख गरिएको छ । 

उपमहानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा सम्बोधनका लागि हुलाकमार्फत अल्टिमेटम पठाउँदा समेत समाधानतर्फ ध्यान नदिएपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको उपाध्यायले पत्रकार सम्मेलनमा जानकारी गराए ।

‘धनगढी उप महानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा पौष २१ गते नगर प्रमुखलाई सम्बोधन गरी ४८ बुँदे माग पत्र १५ दिने अल्टिमेटम सहित हुलाक मार्फत पठाइएको र उक्त मागहरू सम्बन्धमा कुनै सुनुवाइ नभएकोले समस्याहरूको समाधानका लागि केही भएनन्’ उनले भने ।

विज्ञप्तिमा माघ १० गते वडा कार्यालयहरूमा माग पत्र बुझाउने,  नगरप्रमुखको घरमा कालो ब्यानर टाँस्ने, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय कैलाली, मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा माग पत्र बुझाउने, १० गते देखी कार्यालय समय र सम्बन्धित व्यक्तबाहेक सवारी साधन चलाएको पाइएमा कालो मोसो दल्ने चेतावनी दिइएको छ । 

माघ १२ गते कार्यपालिका शाखाहरूमा र माघ १५ गते सम्पूर्ण शैक्षिक संस्थाहरूमा माग पत्र बुझाउने कार्यक्रम रहेको छ । २० गते सम्म वाल पेन्टिङ गर्ने, सरकारी शैक्षिक संस्थाले १ देखी १२ सम्मको सुल्क फिर्ता गर्नु पर्ने, निजी स्वास्थ्य संस्थाहरूले राज्यले तोकेको भन्दा बढी सेवा सुल्क हटाउनु पर्ने, वडा नम्बर ११ मा रहेको बहिरा विद्यालयमा तत्काल उचित गाँस बाँस र कपासको लागि २० लाख उपमहानगरपालिकाले व्यवस्था गर्नु पर्ने माग राखिएको छ ।

क्रान्तिकारी युवा सङ्गठन सुदूरपश्चिम प्रदेश कमिटीका संयोजक दीपेन्द्र ऐरी र  इन्चार्ज भुवन रम्तेलले पनि एक विज्ञप्ति जारी गरेका थिए । प्रधानमन्त्रीलाई २० बुँदे माग पत्र पेस गरेको भन्दै प्रदेशमा माग सम्बोधनका लागि सङ्घर्षका कार्यक्रम घोषणा गरिएको जनाइएको छ । 

त्यसमा प्रदेश सरकारलाई सहकारी उद्योग खोल्न दाव दिने,  भ्रष्ट्रचारीहरुलाई आवश्यक कारबाहीको गर्ने, सार्वजनिक सवारी साधनको दुरुपयोग गर्नेलाई कारबाही गर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज