
धनगढी – धनगढीको चौराहबाट आज दिउँसो शोभायात्रा गरिने भएको छ ।
आज रामको जन्मभूमि अयोध्यामा निर्माण भएको नयाँ मन्दिरमा भगवान् रामको नयाँ मूर्तिको प्राण-प्रतिष्ठा गरिने दिनका अवसरमा धनगढीमा शोभायात्रा गरिने भएको हो ।
धनगढीमा आज दिउँसो माघ ८ गते विश्व हिन्दु परिषद् नेपाल धनगढी नगर समितीको आयोजनामा उक्त शोभायात्रा गरिने भएको हो ।
आज सोमबार, माघ ८ गते अपराह्न ३ बजेर ३० मिनेमा धनगढीको ट्राफिक चौराहबाट धनगढीको एलएन चोक हुँदै पार्कमोडसम्म शोभायात्रा गरिने छ भने आज साझ सम्पूर्ण मन्दिरहरुमा दीप प्रज्वलन गरिने र सबैले आफ्नो घरमा पनि दियो बत्ती बालेर, भजन कृतन गरेर यस पुण्यको काममा सहभागी भइदिन समितिका अध्यक्ष महेन्द्रराज पन्तले आग्रह गरेका छन् ।
भारतको अयोध्यामा भइरहेकोे उक्त नयाँ मूर्तिको प्राण-प्रतिष्ठालाई धनगढीको रामजानकी मन्दिर, लक्ष्मीनारायण मन्दिर, मानवसेवा आश्रम र ब्रम्हकुमारी इश्वरिय विश्व विद्यालय लगायतका ठाँउबाट आज दिउँसो १२ बजेर ३० मिनेटमा ठुलो पर्दामा देखाइने अध्यक्ष पन्तले बताएका छन् ।
उक्त नयाँ मूर्तिको प्राण-प्रतिष्ठा गरिने दिनमा आफ्नो मन्दिरमा अवस्थित देवी-देवताहरूको भजन-कीर्तन-आरती पूजा गर्न, सामूहिक रूपमा विजय महामन्त्र “श्री राम जय राम जय जय राम” १०८ पटक जप गर्न, सामूहिक रूपमा हनुमान चालिसा पाठ गर्न प्राणप्रतिष्ठाको दिन साँझ सूर्यास्त पछि आफ्नो घरको अगाडि दीप प्रज्वलन गरी देवतालाई प्रसन्न पार्ने गरी दीपोत्सव गर्नका लागि श्री राम जन्मभूमिको तीर्थ क्षेत्रबाट निवेदन गरिएको आयोजकले जनाएको छ ।

