Advertisement

रोकिएन सीमापारिबाट हुने तस्करी

Advertisement

नेपालगन्ज – सीमापारि भारतबाट हुँदै आएको चोरी तस्करी नियन्त्रण गर्न सम्बद्ध निकाय असफल भएका छन् । सीमाबाट हुने चोरी तस्करी निरन्तर जारी रहेको गुनासो स्थानीयको छ ।  

नाकामा खटिएको सशस्त्र प्रहरीले दैनिकजसो ठुलो परिमाणमा अवैध रूपमा राजस्व छलेर भित्र्याइएका सामान नियन्त्रणमा लिँदै आए पनि चोरी तस्करी भने रोकिएको छैन । 

खुला सिमाना भएका कारण पूर्ण रूपमा तस्करी नियन्त्रण गर्न नसकिएको स्थानीयले बताएका छन् । सिमाना नजिक नेपालगन्ज १५ निवासी साहिल खानले प्रहरी प्रशासनले आफ्नो काम निरन्तर गरिरहे पनि तस्करी भने जारी नै रहेको बताए । प्रायः दैनिकजसो भारतबाट अवैध रूपमा भित्रिएका मालसामान बरामद गर्दै आएको सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण वागेश्वरी बाँके र मातहतका युनिटहरूले पछिल्लो पटक फेरि २० लाख रुपियाँको अवैध सामान नियन्त्रणमा लिएको छ । 

सशस्त्र प्रहरी बाँकेका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र भारतीका अनुसार विभिन्न स्थानबाट काँस तथा पित्तलका भाँडावर्तन, मोटरसाइकलसहित लत्ताकपडा, किराना सामान, फलफूल तथा बिरुवा र गाडीसहित अवैध कुखुरा गरी २० लाखभन्दा बढीका सामान बरामद गरिएको छ । 

अवैध निकासी पैठारी नियन्त्रण गर्न खटिएको सशस्त्र प्रहरी टोलीले विभिन्न स्थानबाट भन्सार छली भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेका एक लाख ४१ हजार ८० रुपियाँ बराबरका मोटरसाइकलका पार्टस् र एक लाख ५० हजार बराबरको मोटरसाइकल, दुई लाख ४२ हजार मूल्य बराबरका काँस तथा पित्तलका भाँडा, एक लाख ७१ हजार मूल्य बराबरका विभिन्न प्रकारका फलफूल तथा बिरुवा र ५२ हजार मूल्य बराबरका लत्ताकपडासहितका अवैध  मालवस्तु बरामद गरेको छ । 

नरैनापुर गाउँपालिका–६, स्थित नन्कउपुर इलाकामा भे १ च ३६१५ नं. को म्याजिक गाडीमा भारतबाट नेपाल ल्याउँदै गरेको बिलबिजक नभएको अन्दाजी तीन लाख २० हजार मूल्य बराबरको आठ सय केजी अवैध ब्रोइलर कुखुरा र कुखुरा बोक्न प्रयोग गरिएको दस लाख मूल्य बराबरको गाडी बरामद गरेको छ । 

सोसँगै राप्तीसोनारी गापा–७ बस्ने वर्ष २५ का राजेश चौधरीलाई समेत नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक भारतीले बताए । उनले बरामद भएका सामान र पक्राउ परेका चौधरीलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सारमा बुझाइएको बताएका छन् । 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज