Advertisement

अछाममा पाँच महिनादेखि ८ विद्यालयका विद्यार्थीले पाएनन् दिवा खाजा

Advertisement

अछाम – अछामको पञ्चदेवल विनायक नगरपालिका ८ बारलामा आठ विद्यालयका विद्यार्थी दिवा खाजाबाट वञ्चित भएका छन् । 

नगरपालिकाका आठ वटै विद्यालयमा खाजा खुवाउन छनाेट भएको सुप्रिम सहकारीसँगको सम्झौता नहुँदा विद्यार्थीहरू पाँच महिनादेखि खाजा खान नपाएका हुन् । 

नगरपालिका र सहकारीले सम्झौता नहुनुमा एक अर्कालाई दोष लाइरहेका बेलामा विद्यार्थीहरू खाजा खान पाउने अधिकारबाट वञ्चित भएका छन् । 

आफ्नो विद्यालयका विद्यार्थीहरूले हालसम्म विद्यालयको खाजा खान नपाएको मालिका माविका प्रधानाध्यापक तपेन्द्रबहादुर शाहीको भनाइ छ । वडा दसैँभन्दा अघि वडामा रहेका ८ मध्ये सरस्वती, शैलेश्वरी, कुइकाल्नी र जनप्रिय आधारभूत विद्यालयका विद्यार्थीले भने एक हप्ता विद्यालयको खाजा खान पाए पनि त्यसपछि बन्द अवस्थामा छ । 

वडामै रहेको मालिका मावि, सुदर्शन, रुपादेवी, नवदुर्गा आधारभूत विद्यालयमा भने हालसम्म विद्यालय खाजा कार्यक्रम सुरु नै नभएको बताइएको छ । गएको भदौ महिनामा आफ्नो क्षेत्रभित्र रहेका विद्यालयमा स्थानीय खाजा खुवाउनका लागि आव्हान अनुसार बारलामा सुप्रिम कृषि सहकारी छनाेट गरिएको थियो । 

नगरपालिका स्राेतका अनुसार विद्यालयमा एक महिना खाजा खुवाउने जिम्मा पाएको सुप्रिम कृषि सहकारीले चार विद्यालयमा मात्र केही दिन खाजा खुवाएर काम गर्न छाडेको र सम्झौता गर्न नआएको नगरका शिक्षा शाखा प्रमुख डम्बर थापाले जानकारी दिए । तर सहकारी अध्यक्ष प्रेम खत्रीका अनुसार आफूहरूले दिवा खाजा ल्याएर राखेको भए पनि नगरले सम्झौता नगरिदिँदा समस्यामा परेको बताए । 

सुप्रिम सहकारीलाई विद्यालय खाजाका लागि सम्झौता गरिदिन वडाले समेत यही पुस ६ गते नगरलाई सिफारिस गरेको पाइएको छ । सहकारी संस्थालाई दिवा खाजा खुवाउनका लागि आवश्यक सामाग्रीहरू जम्मा भएको भए पनि सहकारी र नगरपालिकाका बिचमा सम्झौता नहुँदा समस्या उत्पन्न भएको वडा अध्यक्ष छत्रबहादुर शाहीको भनाइ छ । सहकारीमा खाजाका लागि केही सामग्री जम्मा रहेको भए पनि विद्यार्थीहरूले खाजा नपाएको वडाध्यक्ष शाहीको भनाइ छ ।

नगरपालिकासँग सम्झौता भएमा आफूहरू आठ वटै विद्यालयमा खाजा खुवाउन तयार रहेको सहकारी प्रतिनिधिको भनाइ छ । केही दिनमा सहकारीका अध्यक्षसहित पालिकामा बैठक हुने र निष्कर्षमा पुगेर माघको सुरुबाटै खाजा खुवाउन सुरु गर्ने शाखा प्रमुख थापाको भनाइ छ । “पहिला एक महिनाको सहकारीको काम पनि राम्रो भएन, त्यसपछि सम्झौता गर्न आउनुभएन । पुसमा हामी व्यस्त भयोै, अब चाँडै टुङ्ग्याउँछौं ।” थापाले भन्नुभयो । -गोरखापत्रबाट 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज