Advertisement

अछाममा पाँच महिनादेखि ८ विद्यालयका विद्यार्थीले पाएनन् दिवा खाजा

Advertisement

अछाम – अछामको पञ्चदेवल विनायक नगरपालिका ८ बारलामा आठ विद्यालयका विद्यार्थी दिवा खाजाबाट वञ्चित भएका छन् । 

नगरपालिकाका आठ वटै विद्यालयमा खाजा खुवाउन छनाेट भएको सुप्रिम सहकारीसँगको सम्झौता नहुँदा विद्यार्थीहरू पाँच महिनादेखि खाजा खान नपाएका हुन् । 

नगरपालिका र सहकारीले सम्झौता नहुनुमा एक अर्कालाई दोष लाइरहेका बेलामा विद्यार्थीहरू खाजा खान पाउने अधिकारबाट वञ्चित भएका छन् । 

आफ्नो विद्यालयका विद्यार्थीहरूले हालसम्म विद्यालयको खाजा खान नपाएको मालिका माविका प्रधानाध्यापक तपेन्द्रबहादुर शाहीको भनाइ छ । वडा दसैँभन्दा अघि वडामा रहेका ८ मध्ये सरस्वती, शैलेश्वरी, कुइकाल्नी र जनप्रिय आधारभूत विद्यालयका विद्यार्थीले भने एक हप्ता विद्यालयको खाजा खान पाए पनि त्यसपछि बन्द अवस्थामा छ । 

वडामै रहेको मालिका मावि, सुदर्शन, रुपादेवी, नवदुर्गा आधारभूत विद्यालयमा भने हालसम्म विद्यालय खाजा कार्यक्रम सुरु नै नभएको बताइएको छ । गएको भदौ महिनामा आफ्नो क्षेत्रभित्र रहेका विद्यालयमा स्थानीय खाजा खुवाउनका लागि आव्हान अनुसार बारलामा सुप्रिम कृषि सहकारी छनाेट गरिएको थियो । 

नगरपालिका स्राेतका अनुसार विद्यालयमा एक महिना खाजा खुवाउने जिम्मा पाएको सुप्रिम कृषि सहकारीले चार विद्यालयमा मात्र केही दिन खाजा खुवाएर काम गर्न छाडेको र सम्झौता गर्न नआएको नगरका शिक्षा शाखा प्रमुख डम्बर थापाले जानकारी दिए । तर सहकारी अध्यक्ष प्रेम खत्रीका अनुसार आफूहरूले दिवा खाजा ल्याएर राखेको भए पनि नगरले सम्झौता नगरिदिँदा समस्यामा परेको बताए । 

सुप्रिम सहकारीलाई विद्यालय खाजाका लागि सम्झौता गरिदिन वडाले समेत यही पुस ६ गते नगरलाई सिफारिस गरेको पाइएको छ । सहकारी संस्थालाई दिवा खाजा खुवाउनका लागि आवश्यक सामाग्रीहरू जम्मा भएको भए पनि सहकारी र नगरपालिकाका बिचमा सम्झौता नहुँदा समस्या उत्पन्न भएको वडा अध्यक्ष छत्रबहादुर शाहीको भनाइ छ । सहकारीमा खाजाका लागि केही सामग्री जम्मा रहेको भए पनि विद्यार्थीहरूले खाजा नपाएको वडाध्यक्ष शाहीको भनाइ छ ।

नगरपालिकासँग सम्झौता भएमा आफूहरू आठ वटै विद्यालयमा खाजा खुवाउन तयार रहेको सहकारी प्रतिनिधिको भनाइ छ । केही दिनमा सहकारीका अध्यक्षसहित पालिकामा बैठक हुने र निष्कर्षमा पुगेर माघको सुरुबाटै खाजा खुवाउन सुरु गर्ने शाखा प्रमुख थापाको भनाइ छ । “पहिला एक महिनाको सहकारीको काम पनि राम्रो भएन, त्यसपछि सम्झौता गर्न आउनुभएन । पुसमा हामी व्यस्त भयोै, अब चाँडै टुङ्ग्याउँछौं ।” थापाले भन्नुभयो । -गोरखापत्रबाट 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज