Advertisement

बालकुमारीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

Advertisement

काठमाडौं – कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।

किस्ट अस्पतालमा लगिएका एक जना गम्भीर घाइतेको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत छन् । अर्का एक जना गम्भीर घाइते छन् ।

अर्का घाइतेको पाटन अस्पतालमा उपचार भइरहेको उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले बताए । 

प्रदर्शनमा उत्रिएका युवाले सडक अबरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए । भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले सुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका थिए ।

पानी जहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने ईपीएस कार्यालयले जनाएको थियो । पानी जहाज सम्बन्धी कम्पनीमा परीक्षा दिएका तर अनुत्तिर्णले फर्म भर्न नपाउने निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए ।

उत्पादनमुलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो ।

ईपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो । अरु विद्यार्थीले फर्म भर्न नपाउने स्थिति भएपछि विरोध प्रदर्शन भइरहेको थियो ।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्याँस हानेको थियो । स्थिति साम्य हुने स्थिति नदेखिएको भन्दै हवाई फायर गरेको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज