Advertisement

एलपिएल : घोडाघोडी सेमिफाइनलमा

Advertisement

धनगढी – धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) प्रतियोगितामा घोडाघोडी क्रिकेट एकेडेमी समूह ‘सी’बाट सेमिफाइनल पुगेको छ । यसअघि समूह ‘बी’ बाट युथ अफ टीकापुर सेमिफाइनल पुगिसकेको छ । 

आज भएको खेलमा गरुडा नगरपालिकालाई छ विकेटले पराजित गर्दै घोडाघोडी सेमिफाइनलमा पुगेको हो । घोडाघोडी अहिलेसम्म अपराजित रहेको छ । गरुडासहित आयोजक लिटल फ्लावर स्कुल र सुदूरपश्चिमाञ्चल एकेडेमी पहिलो चरणबाटै बाहिर भएका छन् । 

खेलमा गरुडा नगरपालिकाले दिएको एक सय २९ रनको लक्ष्य घोडाघोडीले १७ दशमलव ५ ओभरमा चार विकेट गुमाएर पूरा गर्या । घोडाघोडीका ओपनर विपिनविक्रम शाही र टेक रावतले ९३ रनको ओपनिङ साझेदारी गर्दै जितको आधार तयार गरे । विपिनले ३९ बलमा छ चौका र तीन छक्का मद्दतले ५५ रन बनाए भने टेकले २९ बलमा तीन चौका र दुई छक्का मद्दतले २५ रन बनाए । कृष कार्कीले अविजित १५ तथा निशान्त बुढायरले अविजित १० रन बनाए । 

गरुडाका बलर डब्लु मलिकले तीन तथा नितेश यादवले एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको गरुडा नगरपालिकाले २० ओभरमा सबै विकेट गुमाएर एक सय २८ रन बनायो । गरुडाका लागि डब्लु आनन्द मलिकले सर्वाधिक ३५ रन बनाए । सोभेन्द्र पासवानले २३, नितेश यादवले १९ तथा सैलेन्द्र कुशवाहाले १७ रन बनाए । 

‘प्लेयर अफ दी म्याच’ घोषित घोडाघोडीका बलर भूपेश जोशीले पाँच विकेट लिए । उनले चार ओभरमा मात्र १३ रन खर्चिए । सञ्जय बोहरा, अशोक धामी र नरेश सुनारले एक/एक विकेट लिए । 

सत्यवती एकेडेमी र लिटल एन्जल्स स्कुल बीचको आजको दोस्रो खेल भने लिटल एन्जल्स टोली अनुपस्थित हुँदा खेल हुन सकेन । समूह ‘डी’ मा रहेको सत्यवतीले खेल नखेलेता पनि दुई अङ्क पाएको छ । सत्यवतीको दुई खेलमा चार अङ्क भएको छ । 

प्रतियोगिताको उपाधि विजेताले रु दुई लाख ५५ हजार र उपविजेताले रु एक लाख २८ हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज