Advertisement

हावाहुरी झैँ चलिरहेको राजनैतिक प्रणाली

Advertisement

कैलाली: हेमन्त बहादुर शाह,

देशको राजनिती बुझ्ने भएदेखि धेरै राजनितीक एवम् विकासका किताबहरु पढेँ र थुप्रै राजनितीक आन्दोलनहरु ,बिचार, गोष्ठी, जनप्रतिनिधी र नेताहरुका भावना, आलोचना, विकास सम्वन्धि विचारहरुका बिषयमा बुझेँ । तर राजनितिलाई यसरी बुझेँकी जब आँधी हुरी आउँछ, तब वातावरणमा रहेका स्थिर तथा अस्थिर कमजोर वस्तुहरुलाई जसरी तहस नहस पार्छ,त्यस्तै नेपालको राजनिति पनि कमजोर जनताहरुलाई लालचमा फसाएर होस्, फकाएर होस् खोक्रा आदर्श र ईतिहासका कुरा गरेर होस,समृद्धिका कुरा गर्नुको सट्टा तहसनहरु पारेर उडीरहेको महशुस ‍गरेँ । सानै देखि सामान्य परिवारमा हुर्केको हुनाले सबै कुराहरुलाई जति गहनरुपमा बुझ्दै गएँ ,त्यति कुरामा १० प्रतिशत मात्र देश र जनतामा हितकार छन् नेपालमा । जति राजनितिहरुलाई भेट्छु,त्यतिनै स्वार्थगत,पार्टिगत,खोक्रा नितिगत कुराहरु सुन्छु र बुझ्छु धेरै नेताहरुले मलाई आफ्नो पर्टिमा आकर्षित गर्न खोज्नुहुन्छ तर म खासै रेस्पोन्स नदिएर अहिले सम्म तटस्थ बसेको छु । खासमा राजनितिको अर्थ विकास, बिचार र सेवा हो मेरो विचारमा।त्यहि सिद्धान्तमा चलेको छ नेपालको राजनिति तर विकास बिचार र सेवा कुन ठाउँ, कुन र कति व्यक्तिहरु मा कति प्रतिशत सकारात्मक प्रभाव पर्ने, यो सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । राजनिति जति बुझ्यो ,त्यतिनै बुझौँ बुझौँ र राजनितीमा अगाडी बढौँ जस्तो लाग्छ मलाई पनि । तर नेपालको राजनितिक प्रणाली ईतिहास देखि वर्तमान काल खण्ड सम्म एउटै ‍राजनितिक संरचना भएको र त्यसैमा पनि राजनैतिक हिसावले समाजमा एकता कायम ‍नहुनु, धर्मलाई पनि राजनैतिक रुपमा जोड्नु, विकास, समृद्धि, सामाजिक एकता, प्रयोगात्मक प्रणालीको शिक्षा राजनितिज्ञहरुको बोलीमा मात्रै सिमित हुनु र राजनितिक क्षेत्रमा विज्ञता,कार्यशैलीलाई नहेरी पाटिगत र राजनितिक योगदान , पैसा पावर लाई महत्त्वाकांक्षा दिई विकासात्मक क्षमता र बिज्ञता नभएका व्यक्तिहरुलाई अगाडी सारी स्वतन्त्रता पुर्वक विकास र विचार प्रश्तुत गर्न नदिनु जस्ता कारणहरुले म तटस्थ बसेको छु ।

म सानैदेखि एकलकाँठे र अन्तरमुखी स्वभावको मान्छे । यस्तो दलदल र लफडामा फस्नुभन्दा प्रविधिक क्षेत्रमा बच्चै अवस्थामा सिकेको प्राविधिक क्षेत्रमा रमाउन सिकेँ । मथिल्लो तहको नेतालाई त तलकाहरुले कठोर राजनितिक तप,व्रत र पार्टिगत प्रणालीमा चल्नको लागी साधना गरेवाफत छेलोखेलोको पैसा,मायावी चरित्र, वेश्यासंगको प्रेम, सहवास सम्मका नराम्रा कामहरुको छुट हुँदो रहेछ तल्लो तहका नेताहरुलाई । मलाई राजनिती त ठिक लाग्छ तर पुर्खौ देखि चलिआएको राजनितिक प्रणाली ठिक लाग्दैन र सो प्रणालीले मुलुक अगाडी बढ्दैन पनि ! मुलुक अगाडी बढाउने उपाय राजनिती नै हो तर त्यसका लागि राजनैतिक प्रणाली आधुनिक तवरले अद्दावधिक नभएकोले नेपाल जस्तो मुलुकको विकासात्मक, चेतनात्मक र शिक्षात्मक विकास हुन नसकेको हो । यदि म जस्तो आधुनिक युगका युवाहरुले निश्वार्थ रुपमा विकास र राजनिति गर्ने हो भने राजनितिक प्रणालीमा आधुनिक तरिकाले अध्यावधिक गरी सुधार ल्याउन आवश्यक देखिन्छ । राजनैतिक प्रणाली संग जोडिएको एक शब्द विचार पनि हो । विचारलाई सकरात्मक र नकरात्मक गरी दुई किसिममा परिमार्जन गर्न सकिन्छ । सकारात्मक विचारले देशलाई सांस्कारीक, चेतनशिल, शिक्षित र समृद्ध बनाउँछ भने नकारात्मक विचारले देशलाई युद्ध, विवेध, समग्र देश लाई समृद्ध बनाउनुको सट्टा कुनै एक अथवा सीमित ब्यक्तिलाई मात्र समृद्ध बनाउन प्रेरित गर्दछ । एक सेकेन्डमा सातपटक पृथ्वीको परिक्रमा गर्न सक्ने बिजुली बेग भन्दा विचारको गति छिटो हुन्छ मेरो विचारमा । संसारका हरेक गतिविधिहरु विचारमा निहित हुन्छन् । संसारमा राजनितिक, आणविक वा सांस्कृतिक गतिविधीहरु सकारात्मक तथा नकारात्मक हिसावले चल्नुमा विचार प्रमुख तत्व हो । अन्तः राजनिति देशको ‍मुल आधार हो । देशलाई समृद्ध, शुशासनयुक्त,शिक्षित, मर्यादित, र विकासात्मक रुपमा संचालन गर्नको लागि देशको कानुनले राजनितिलाई जिम्मा दिएको छ । राजनितीले प्रतिनिधी छानेर संघ देखि स्थानीय तहसम्म यी कुराहरुलाई कार्यान्वयन गराउन र गर्न जिम्मा दिन्छ । मैले ईतिहास देखि वर्तमान सम्मको राजनिति बुझ्दै जाँदा हिजो जनता अशिक्षित थियो चेतनशिल थिएन र जनसंख्या कम थियो, सोही आधारमा राजनितिक प्रणाली निर्धारण गरिएको थियो र वर्तमान समयमा जनता शिक्षित, चेतनशिल र आधुनिकतालाई बुझ्ने भईसकेपछि राजनितिले तर्किक समानता हेर्ने आधुनिक विकास र प्रणाली बुझेको प्रतिनिधी चयन गरी प्राविधिक रुपमा कार्यसञ्चालन गर्न नितान्त आवशयक छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल व...
बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

नेपाल चिकित्सक सङ्घको राहत अभियानमार्फत ३०० घरधुरीका १,५०० जना लाभान्वित हुने काठमाडौं, भदौ २६ — हालैको बाढीबाट प्रभावित परिवार...
बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

रमेश केसी- प्रतिनिधिसभा सदस्य ऐन महरले बझाङको विकास र गरिबी निवारणका लागि दलगत स्वार्थभन्दा माथि उठेर साझा उद्देश्यका साथ अघि बढ्न...
जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

धनगढी- कैलालीकाे गौरीगंगा नगरपालिका-६ का समाजसेवी युवा नेता बहादुर खड्काले आफ्नो जन्मोत्सवको अवसरमा विभिन्न विद्यालयमा अध्ययनरत वि...
जुम्लाका ८२.७ प्रतिशत विद्यार्थी रक्तदान गर्न इच्छुक, १९.५ प्रतिशतले मात्र गरे रक्तदान

जुम्लाका ८२.७ प्रतिशत विद्यार्थी रक्तदान गर्न इच्छुक, १९.५ प्रतिशतले मात्र गरे रक्तदान

जुम्ला । जुम्लाका कलेज तथा विश्वविद्यालय तहका विद्यार्थीमा रक्तदानप्रति सकारात्मक सोच र रक्तदान गर्ने इच्छाशक्ति उच्च भए पनि त्यसल...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज