Advertisement

सेती प्राविधिक शिक्षालयकी प्रमुख शर्मामाथि आर्थिक अनियमितताको आरोप, अख्तियारमा उजुरी

Advertisement

​डोटी- डोटीको दिपायलस्थित सेती प्राविधिक शिक्षालयकी शिक्षालय प्रमुख सुशीला शर्मामाथि पदीय जिम्मेवारी र अधिकारको दुरुपयोग गर्दै आर्थिक अनियमितता गरेको आरोप लागेको छ। शिक्षालयको बजेट दुरुपयोग, नातेदारलाई अनियमित रूपमा नियुक्ति, खरिद प्रक्रियामा अनियमितता तथा तालिम सञ्चालनका नाममा दोहोरो भुक्तानी लिएको लगायतका विषयमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
​शिक्षालयकै एक कर्मचारीका अनुसार शर्माले आफ्नै सहोदर दिदी अनिता शर्मा सापकोटालाई दैनिक ज्यालादारी कर्मचारीका रूपमा नियुक्त गरेको तर कार्यालयमा नियमित उपस्थित नभई आफ्ना छोराछोरीको रेखदेख तथा व्यक्तिगत भान्सेको काममा लगाएको आरोप छ। कार्यालयमा नियमित हाजिर नभए पनि एकमुष्ट हाजिरी गराएर तलब भुक्तानी गर्ने गरिएको बुझिएको छ।
​त्यस्तै, कैलालीको मुसुरियामा उनका श्रीमानले सञ्चालन गरेको हार्डवेयर सप्लायर्स पसलबाट शिक्षालयका लागि आवश्यक नै नभएका सामग्री खरिद गर्ने गरेको र वास्तविक पसलको बिल प्रयोग नगरी अन्य पसलका बिल पेस गर्ने गरेको आरोपसमेत लगाइएको छ। खरिद गरिएका कतिपय सामग्री प्रयोगविहीन अवस्थामा स्टोरमा थन्क्याइएको र पेन्टलगायतका केही सामग्री फाल्नुपरेको उजुरीमा दाबी गरिएको छ।
​कृषि विकास निर्देशनालय डोटीको ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८१/८२ मा गड्यौला मल उत्पादनका लागि विनियोजित करिब ५ लाख ५० हजार रुपैयाँमध्ये करिब २ लाख रुपैयाँ मात्रै खर्च गरी बाँकी रकममा अनियमितता गरेको आरोप छ। पुरानै खाडल प्रयोग गरेर नयाँ खाडल निर्माण गरेको देखाइएको उजुरीकर्ताको दाबी छ। त्यस्तै, आर्थिक वर्ष २०८२/८३ मा च्याउ उत्पादन केन्द्र निर्माणका लागि विनियोजित ९ लाख ५० हजार रुपैयाँमध्ये एकदेखि दुई लाख रुपैयाँ मात्रै खर्च भएको भन्दै बजेटको हिसाब पारदर्शी नभएको आरोप लगाइएको छ।
​यसै वर्ष १० लाख रुपैयाँको कोटेसनमार्फत गराइएको काममा लागत अनुमानअनुसार गुणस्तर र परिमाण पूरा नगरी ठेकेदारबाट तीन लाख रुपैयाँ लिएको आरोपसमेत शर्मामाथि लगाइएको छ। शिक्षालयको मर्मतसम्भार, स्वास्थ्य तथा पशु शिविर, निर्माण कार्य र ६५ दिने तथा ३९० घण्टे छोटो अवधिका तालिमका लागि विनियोजित बजेटसमेत हिनामिना भएको उजुरीमा उल्लेख छ। अतिथि सेवा सत्कार शीर्षकमा रकमान्तर गरिएको बजेट व्यक्तिगत प्रयोजनमा खर्च गर्ने गरिएको आरोप पनि लगाइएको छ।
​शिक्षालयका सहायक प्रशिक्षक तीर्थराज अवस्थीमाथि पनि तालिम सञ्चालन र भुक्तानी प्रक्रियामा अनियमितता गरेको आरोप छ। एउटै तालिमको भुक्तानी सामुदायिक विकास केन्द्र डोटी र सेती प्राविधिक शिक्षालय दुवैबाट भुक्तानी लिएको तथा तालिममा सहभागी प्रशिक्षार्थीका लागि छुट्याइएको खाजा र भत्ता उनीहरूलाई नदिई आफैँले लिएको आरोप छ।

प्रशिक्षार्थीको खाजा खर्चबापतको ६५ हजार रुपैयाँसमेत प्रशिक्षार्थीलाई खाजा नै नखुवाई सहायक प्रशिक्षक अवस्थीले आफुले खाएको कार्यालयकै एक कर्मचारीले बताएका छन्। अवस्थी भेटेरिनरी प्रयोगशालामा कार्यरत रहेकोमा उनले जिम्मेवारीअनुसार काम नगरी बिचौलियाको भूमिका निर्वाह गर्ने, भेटेरिनरी विषय अध्ययन गरेको व्यक्तिले कृषि विषयका तालिम सञ्चालन गरी भुक्तानी लिने तथा मापदण्डविपरीत विषय अध्यापन गराउने गरिएको विषयसमेत उजुरीमा उठाइएको छ।
​त्यस्तै, शिक्षालय प्रमुख शर्माले आफैँ आफ्नो भ्रमण आदेश स्वीकृत गरी महिनामा तीनदेखि चार पटकसम्म भ्रमण गर्ने गरेको र आफ्नै दिदीको नाममा समेत आफैँ भ्रमण आदेश स्वीकृत गरी शिक्षालयको कामबिना घरमै बस्नका लागि भ्रमण सुविधा लिने गरेको आरोप छ। कार्यालयकै कर्मचारीको नाममा किर्ते दस्तखत गरेर भुक्तानी लिने गरिएको तथा अतिथि सेवा सत्कारलगायतका शीर्षकमा आउने बजेट व्यक्तिगत राशनपानीमा खर्च गरी बिलभौचर कार्यालयमा पेस गरि भुक्तानी लिने गरिएको भन्दै कार्यालयभित्रैका कर्मचारीले समेत गुनासो गरेका छन।
​यी विषयमा सार्वजनिक रूपमा प्रश्न उठ्न थालेपछि शर्माले सरुवा भएर कैलालीको टीकापुर जान लागेको बताइएको छ। यद्यपि, सरुवाको कारण र त्यससँग अनियमितताका आरोपको सम्बन्धबारे बुझ्दा उनी सम्पर्कमा आएनन ।
​प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सुदूरपश्चिम प्रदेशका उपनिर्देशक देवसिंह धामीले शिक्षालयसम्बन्धी विभिन्न विषयमा आफ्नो कार्यालयमा पनि उजुरी परेको पुष्टि गरेका छन्। प्राप्त उजुरी परिषद्का सदस्यसचिवसमक्ष पठाइएको उनले बताएका छन्। यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका सदस्यसचिवको मा समेत उजुरी परेको बताइएको छ भने आरोपहरूबारे सम्बन्धित निकायबाट निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक हुनुपर्ने माग उठेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच भिडन्त

एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच भिडन्त

काठमाण्डौ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधिका लागि आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्...
सेती प्राविधिक शिक्षालयकी प्रमुख शर्मामाथि आर्थिक अनियमितताको आरोप, अख्तियारमा उजुरी

सेती प्राविधिक शिक्षालयकी प्रमुख शर्मामाथि आर्थिक अनियमितताको आरोप, अख्तियारमा उजुरी

​डोटी- डोटीको दिपायलस्थित सेती प्राविधिक शिक्षालयकी शिक्षालय प्रमुख सुशीला शर्मामाथि पदीय जिम्मेवारी र अधिकारको दुरुपयोग गर्दै आर्...
चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

काठमाडौं- सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा उपाधि नजिक पुगेको छ । चितवन राइनोजलाई तीन विकेटले हरा...
एनपीएल फाइनलको अर्को टोली आज टुङ्गिँदै, चितवन र सुदूरपश्चिम निर्णायक भिडन्तमा

एनपीएल फाइनलको अर्को टोली आज टुङ्गिँदै, चितवन र सुदूरपश्चिम निर्णायक भिडन्तमा

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्ने अर्को टोलीको टुङ्गो आज ...
सी, ट्रम्प र पुटिनबीच आज त्रिपक्षीय वार्ता, चीनमा जुट्दै विश्वका तीन शक्तिशाली नेता

सी, ट्रम्प र पुटिनबीच आज त्रिपक्षीय वार्ता, चीनमा जुट्दै विश्वका तीन शक्तिशाली नेता

चीनका राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज औपचारिक त्रिपक्षीय वार्ता हु...
चितवन राइनोज क्वालिफायर-२ मा, काठमाडौँ गोर्खाज ६१ रनले पराजित

चितवन राइनोज क्वालिफायर-२ मा, काठमाडौँ गोर्खाज ६१ रनले पराजित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि होडमा चितवन राइनोजले आफ्नो सम्भावना कायमै राखेको छ । एलिमिनेटरमा काठमाडौँ गोर्खाजला...
एनपीएल : दोस्रो क्वालिफायरका लागि आज काठमाडौँ र चितवन भिड्दै

एनपीएल : दोस्रो क्वालिफायरका लागि आज काठमाडौँ र चितवन भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि होडमा टिकिरहन काठमाडौँ गोर्खाज र चितवन राइनोज आज इलिमिनेटरमा आमनेसामने हुँदै...
लुम्बिनीलाई फाइनलको टिकट, सुदूरपश्चिम दोस्रो क्वालिफायर खेल्ने

लुम्बिनीलाई फाइनलको टिकट, सुदूरपश्चिम दोस्रो क्वालिफायर खेल्ने

काठमाडौं- साविक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ । पहिलो क्वालिफायरमा सुदूर...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज