सेती प्राविधिक शिक्षालयकी प्रमुख शर्मामाथि आर्थिक अनियमितताको आरोप, अख्तियारमा उजुरी
डोटी- डोटीको दिपायलस्थित सेती प्राविधिक शिक्षालयकी शिक्षालय प्रमुख सुशीला शर्मामाथि पदीय जिम्मेवारी र अधिकारको दुरुपयोग गर्दै आर्थिक अनियमितता गरेको आरोप लागेको छ। शिक्षालयको बजेट दुरुपयोग, नातेदारलाई अनियमित रूपमा नियुक्ति, खरिद प्रक्रियामा अनियमितता तथा तालिम सञ्चालनका नाममा दोहोरो भुक्तानी लिएको लगायतका विषयमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
शिक्षालयकै एक कर्मचारीका अनुसार शर्माले आफ्नै सहोदर दिदी अनिता शर्मा सापकोटालाई दैनिक ज्यालादारी कर्मचारीका रूपमा नियुक्त गरेको तर कार्यालयमा नियमित उपस्थित नभई आफ्ना छोराछोरीको रेखदेख तथा व्यक्तिगत भान्सेको काममा लगाएको आरोप छ। कार्यालयमा नियमित हाजिर नभए पनि एकमुष्ट हाजिरी गराएर तलब भुक्तानी गर्ने गरिएको बुझिएको छ।
त्यस्तै, कैलालीको मुसुरियामा उनका श्रीमानले सञ्चालन गरेको हार्डवेयर सप्लायर्स पसलबाट शिक्षालयका लागि...

