Advertisement

लुम्बिनीलाई फाइनलको टिकट, सुदूरपश्चिम दोस्रो क्वालिफायर खेल्ने

Advertisement

काठमाडौं- साविक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि भिडन्तमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा सुदूरपश्चिमले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीले २० बल बाँकी छँदै जित निकालेको हो ।

लुम्बिनीको जितमा निरोशन डिकवेला नायक बने । उनले अविजित ५९ रनको अर्धशतकीय पारी खेले । कप्तान रोहित पौडेलले २१ रन जोड्दा सन्दीप जोराले ८ रन बनाए ।

लुम्बिनीको सुरुवात भने राम्रो हुन सकेन । पहिलो ओभरमै डार्सी शर्टलाई गुमाएको टोलीले ३.२ ओभरमा आसिफ शेखको विकेट पनि गुमायो । शर्टले खाता खोल्न सकेनन् भने आसिफले ४ रन मात्रै बनाए ।

त्यसपछि डिकवेला र रोहितले इनिङ्स सम्हाल्दै टोलीलाई जितको नजिक पुर्‍याए । रोहित २१ रनमा आउट भए पनि डिकवेला अन्तिमसम्म क्रिजमा रहेर टोलीलाई जित दिलाउन सफल भए ।

बलिङमा सुदूरपश्चिमका थरिन्दु रत्नायकेले दुई विकेट लिए । हेमन्त धामी र स्कट कुगलेइनले एक–एक विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०५ रन बनाएको थियो ।

सुदूरपश्चिमको ब्याटिङ सुरुदेखि नै कमजोर देखियो । पहिलो बलमै जर्ज मन्से आउट भएपछि दबाबमा परेको टोलीले पावरप्लेमा तीन विकेट गुमाएर २० रन मात्रै जोडेको थियो । पहिलो १० ओभरमा पनि टोलीले तीन विकेटको क्षतिमा ४० रन मात्रै बनाउन सक्यो ।

ईशान पाण्डे र दीपेन्द्र सिंह ऐरीले केही समय इनिङ्स सम्हाल्ने प्रयास गरे । पाण्डेले ३३ बलमा २७ रन बनाएर रनआउट भए । दीपेन्द्रले भने ५१ बलमा ५२ रनको अर्धशतकीय पारी खेले । उनीबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुदूरपश्चिमका लागि विनोद भण्डारी र थनुका दबारेलले समान ३ रन बनाए । थरिन्दु रत्नायकेले १ रन मात्रै जोड्न सके ।

लुम्बिनीका बलर रुबेन ट्रम्पलमान र शेर मल्लले समान दुई विकेट लिए । अभिशेष गौतम र किशोर महतोको नाममा एक–एक विकेट रह्यो ।

यस जितसँगै लुम्बिनीले सिधै फाइनलमा स्थान बनाएको छ । पराजित सुदूरपश्चिमले भने फाइनल प्रवेशको अर्को अवसर पाउनेछ । उसले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच भिडन्त

एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच भिडन्त

काठमाण्डौ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधिका लागि आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्...
सेती प्राविधिक शिक्षालयकी प्रमुख शर्मामाथि आर्थिक अनियमितताको आरोप, अख्तियारमा उजुरी

सेती प्राविधिक शिक्षालयकी प्रमुख शर्मामाथि आर्थिक अनियमितताको आरोप, अख्तियारमा उजुरी

​डोटी- डोटीको दिपायलस्थित सेती प्राविधिक शिक्षालयकी शिक्षालय प्रमुख सुशीला शर्मामाथि पदीय जिम्मेवारी र अधिकारको दुरुपयोग गर्दै आर्...
चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

काठमाडौं- सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा उपाधि नजिक पुगेको छ । चितवन राइनोजलाई तीन विकेटले हरा...
एनपीएल फाइनलको अर्को टोली आज टुङ्गिँदै, चितवन र सुदूरपश्चिम निर्णायक भिडन्तमा

एनपीएल फाइनलको अर्को टोली आज टुङ्गिँदै, चितवन र सुदूरपश्चिम निर्णायक भिडन्तमा

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्ने अर्को टोलीको टुङ्गो आज ...
सी, ट्रम्प र पुटिनबीच आज त्रिपक्षीय वार्ता, चीनमा जुट्दै विश्वका तीन शक्तिशाली नेता

सी, ट्रम्प र पुटिनबीच आज त्रिपक्षीय वार्ता, चीनमा जुट्दै विश्वका तीन शक्तिशाली नेता

चीनका राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज औपचारिक त्रिपक्षीय वार्ता हु...
चितवन राइनोज क्वालिफायर-२ मा, काठमाडौँ गोर्खाज ६१ रनले पराजित

चितवन राइनोज क्वालिफायर-२ मा, काठमाडौँ गोर्खाज ६१ रनले पराजित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि होडमा चितवन राइनोजले आफ्नो सम्भावना कायमै राखेको छ । एलिमिनेटरमा काठमाडौँ गोर्खाजला...
एनपीएल : दोस्रो क्वालिफायरका लागि आज काठमाडौँ र चितवन भिड्दै

एनपीएल : दोस्रो क्वालिफायरका लागि आज काठमाडौँ र चितवन भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि होडमा टिकिरहन काठमाडौँ गोर्खाज र चितवन राइनोज आज इलिमिनेटरमा आमनेसामने हुँदै...
लुम्बिनीलाई फाइनलको टिकट, सुदूरपश्चिम दोस्रो क्वालिफायर खेल्ने

लुम्बिनीलाई फाइनलको टिकट, सुदूरपश्चिम दोस्रो क्वालिफायर खेल्ने

काठमाडौं- साविक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ । पहिलो क्वालिफायरमा सुदूर...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज