Advertisement

Day: २०८३ मंसिर २, मंगलवार २१:१३

लुम्बिनीलाई फाइनलको टिकट, सुदूरपश्चिम दोस्रो क्वालिफायर खेल्ने

लुम्बिनीलाई फाइनलको टिकट, सुदूरपश्चिम दोस्रो क्वालिफायर खेल्ने

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- साविक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि भिडन्तमा आफ्नो स्थान सुरक्षित गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा सुदूरपश्चिमले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीले २० बल बाँकी छँदै जित निकालेको हो । लुम्बिनीको जितमा निरोशन डिकवेला नायक बने । उनले अविजित ५९ रनको अर्धशतकीय पारी खेले । कप्तान रोहित पौडेलले २१ रन जोड्दा सन्दीप जोराले ८ रन बनाए । लुम्बिनीको सुरुवात भने राम्रो हुन सकेन । पहिलो ओभरमै डार्सी शर्टलाई गुमाएको टोलीले ३.२ ओभरमा आसिफ शेखको विकेट पनि गुमायो । शर्टले खाता खोल्न सकेनन् भने आसिफले ४ रन मात्रै बनाए । त्यसपछि डिकवेला र रोहितले इनिङ्स सम्हाल...
बझाङको थलारा–२ मा आयोजित प्रथम रतन स्मृति कप २०८३ सम्पन्न, उपाधि टेक मेमोरियललाई

बझाङको थलारा–२ मा आयोजित प्रथम रतन स्मृति कप २०८३ सम्पन्न, उपाधि टेक मेमोरियललाई

Breaking News 1, खेलकुद, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी– बझाङको थलारा गाउँपालिका–२ मा आयोजित प्रथम रतन स्मृति कप २०८३, भलिबल प्रतियोगिता तथा डेउडा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्तिक २७ गतेदेखि रतन स्मृति युवा क्लबको खेलमैदान दंगार्जीमा सुरुभएको प्रतियोगिता सोमबार सम्पन्न भएको हो । प्रथम रतन स्मृति कप २०८३, भलिबलको उपाधि च्याम्पियन टेक मेमोरियल थलारा– १ बनेको छ । फाइनल भिडन्तमा टेक मेमोरियल सँग पराजित भएको प्रकाश स्मृति थलारा–२ उपविजेता बनेको कार्यक्रम संयोजक रोहित चनाराले जानकारी दिए । यस्तै तृतीय दिपिल स्पोट्र्स बनेको छ । उनका अनुसार उपाधि बिजेता टेक मेमोरियलले नगद २० हजार १ रुपैयाँ सहित मेडल कप प्रमाणपत्र, उपबिजेता प्रकाश स्मृतिले नगत १२ हजार सहित कप मेडल प्रमाणपत्र र तृतीय दिपिलले ७ हजार नगद सहित कप मेडल प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिता थलारा गाउँपालिका वडा स्तरीय भएको हो, जसामा २१ वटा टिमको सहभागिता रहेको आयोज...
माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि आवेदन खुला, मंसिर ७ गतेदेखि पुस ७ सम्म दरखास्त दिनसकिने

माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि आवेदन खुला, मंसिर ७ गतेदेखि पुस ७ सम्म दरखास्त दिनसकिने

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं- शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षामा सहभागी हुन चाहने उम्मेदवारका लागि अनलाइन आवेदन प्रक्रिया सुरु गरेको छ । आयोगले मंगलबार सूचना जारी गर्दै आवश्यक न्यूनतम शैक्षिक तथा तालिमसम्बन्धी योग्यता पूरा गरेका उम्मेदवारबाट मंसिर ७ गतेदेखि दरखास्त माग गरेको हो । आयोगका अनुसार इच्छुक उम्मेदवारले पुस ७ गते राति १२ बजेसम्म नियमित दस्तुरमा आवेदन दिन सक्नेछन् । उक्त समयभित्र आवेदन दिन छुटेकाले दोब्बर दस्तुर बुझाएर पुस १४ गते राति १२ बजेसम्म दरखास्त पेस गर्न पाउनेछन् । अनलाइन आवेदनका क्रममा उम्मेदवारले हालसालै खिचेको फोटो, हस्ताक्षरको नमुना, न्यूनतम शैक्षिक योग्यताको लब्धाङ्कपत्र र अध्यापन तालिमको प्रमाणपत्रलगायत आवश्यक कागजात अपलोड गर्नुपर्नेछ । परीक्षाको योग्यता, आवेदन प्रक्रिया र अन्य आवश्यक विवरण शिक्षक सेवा आयोगको आधिकारिक वेबसाइटमा प्रकाशित स...
एनपीएलको पहिलो क्वालिफायर आज, लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

एनपीएलको पहिलो क्वालिफायर आज, लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज पहिलो क्वालिफायर खेल हुँदैछ। फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुन लागेका हुन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको लुम्बिनी ११ अंकसहित अंकतालिकाको शीर्षस्थानमा रहँदा सुदूरपश्चिम १० अंक जोड्दै दोस्रो स्थानमा रहेको थियो। लिग चरणमा यी दुई टोलीबीच भएको प्रतिस्पर्धामा लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले हराएको थियो। त्यस खेलमा सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ९.५ ओभरमै ३ विकेट गुमाएर पूरा गरेको थियो। गत संस्करणको फाइनलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई नै पराजित गर्दै उपाधि जितेको थियो। फाइनलमा सुदूरपश्चिमले दिएको ८५ रनको लक्ष्य लुम्बिनीले ९ ओभरमै पूरा गरेको थियो। त्यस...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज