Advertisement

सुनकुडामा आयोजित तेस्रो जय नेपाल वडाध्यक्ष कपको उपाधि बुङ्गल नगरपालिका–६ लाई

Advertisement

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका-९ सुनकुडामा सम्पन्न तेस्रो जय नेपाल वडाध्यक्ष कप टी-१२ क्रिकेट प्रतियोगिताको उपाधि बुङ्गल नगरपालिका-६ ले जितेको छ।
मंगलबार भएको फाइनल खेलमा आयोजक टोलीलाई पराजित गर्दै बुङ्गल-६ ले उपाधि आफ्नो पक्षमा पारेको हो।
उपाधिसँगै विजेता बुङ्गल-६ ले नगद ६६ हजार ६ सय ६६ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै, उपविजेता बनेको आयोजक टोलीले नगद ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।
बित्थडचिर गाउँपालिका वडा नम्बर ९ को वार्षिक कार्यक्रमअन्तर्गत तिहार तथा छठ पर्वको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको हो। स्थानीय युवामा रहेको खेल प्रतिभा पहिचान तथा प्रवर्द्धन गर्दै स्थानीय, प्रदेश र राष्ट्रियस्तरका खेलाडी उत्पादनमा योगदान पुर्‍याउने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको गाउँपालिका प्रवक्ता तथा वडाध्यक्ष हरिश्चन्द्र जोशीले जानकारी दिए।
कार्तिक २० गतेदेखि सुरु भएको प्रतियोगितामा बझाङ जिल्लाभरका २१ टोलीको सहभागिता रहेको थियो।
वडाध्यक्ष जोशीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा निवर्तमान गाउँपालिका उपाध्यक्ष जानकी बोहरा प्रमुख अतिथि तथा वडा नम्बर ७ का वडाध्यक्ष दिनेश अधिकारी विशिष्ट अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा बुङ्गल नगरपालिका–६ का वडाध्यक्ष, स्थानीय समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ तथा गाउँपालिकाका कर्मचारीलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच भिडन्त

एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच भिडन्त

काठमाण्डौ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधिका लागि आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्...
सेती प्राविधिक शिक्षालयकी प्रमुख शर्मामाथि आर्थिक अनियमितताको आरोप, अख्तियारमा उजुरी

सेती प्राविधिक शिक्षालयकी प्रमुख शर्मामाथि आर्थिक अनियमितताको आरोप, अख्तियारमा उजुरी

​डोटी- डोटीको दिपायलस्थित सेती प्राविधिक शिक्षालयकी शिक्षालय प्रमुख सुशीला शर्मामाथि पदीय जिम्मेवारी र अधिकारको दुरुपयोग गर्दै आर्...
चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

काठमाडौं- सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा उपाधि नजिक पुगेको छ । चितवन राइनोजलाई तीन विकेटले हरा...
एनपीएल फाइनलको अर्को टोली आज टुङ्गिँदै, चितवन र सुदूरपश्चिम निर्णायक भिडन्तमा

एनपीएल फाइनलको अर्को टोली आज टुङ्गिँदै, चितवन र सुदूरपश्चिम निर्णायक भिडन्तमा

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्ने अर्को टोलीको टुङ्गो आज ...
सी, ट्रम्प र पुटिनबीच आज त्रिपक्षीय वार्ता, चीनमा जुट्दै विश्वका तीन शक्तिशाली नेता

सी, ट्रम्प र पुटिनबीच आज त्रिपक्षीय वार्ता, चीनमा जुट्दै विश्वका तीन शक्तिशाली नेता

चीनका राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज औपचारिक त्रिपक्षीय वार्ता हु...
चितवन राइनोज क्वालिफायर-२ मा, काठमाडौँ गोर्खाज ६१ रनले पराजित

चितवन राइनोज क्वालिफायर-२ मा, काठमाडौँ गोर्खाज ६१ रनले पराजित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि होडमा चितवन राइनोजले आफ्नो सम्भावना कायमै राखेको छ । एलिमिनेटरमा काठमाडौँ गोर्खाजला...
एनपीएल : दोस्रो क्वालिफायरका लागि आज काठमाडौँ र चितवन भिड्दै

एनपीएल : दोस्रो क्वालिफायरका लागि आज काठमाडौँ र चितवन भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि होडमा टिकिरहन काठमाडौँ गोर्खाज र चितवन राइनोज आज इलिमिनेटरमा आमनेसामने हुँदै...
लुम्बिनीलाई फाइनलको टिकट, सुदूरपश्चिम दोस्रो क्वालिफायर खेल्ने

लुम्बिनीलाई फाइनलको टिकट, सुदूरपश्चिम दोस्रो क्वालिफायर खेल्ने

काठमाडौं- साविक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ । पहिलो क्वालिफायरमा सुदूर...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज