Advertisement

कैलालीको बल्मीमा तेस्रो वडा स्तरीय जुनियर पुरुष भलिबल प्रतियोगिता तथा देउडा कार्यक्रम सुरु, विजेताले पाउनेछ ३० हजार रुपैयाँ

Advertisement

धनगढी-कैलालीको गोदावरी नगरपालिका- ९ बल्मीमा तेस्रो वडा स्तरीय जुनियर पुरुष भलिबल प्रतियोगिता तथा देउडा कार्यक्रम सुरु भएको छ । मंगलबार बल्मी सहरी स्वास्थ्य चौकीको प्राङ्गणमा एक औपचारिक समारोहबीच प्रतियोगिताको उद्घाटन गरिएको हो ।
‘राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल’ भन्ने मूल नारासहित आयोजना गरिएको प्रतियोगिताको उद्देश्य स्थानीय खेलाडीको प्रतिभा पहिचान, भलिबल खेलको प्रवर्द्धन तथा आपसी भाइचारा र सद्भाव अभिवृद्धि गर्नु रहेको खेलकुद संयोजक गणेशबहादुर साउँदले जानकारी दिनुभयो ।
विजयादशमी तथा दीपावलीको अवसरलाई विशेष महत्त्व दिँदै बल्मी युवा क्लबले आयोजना गरेको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ । उद्घाटनको पहिलो दिन औपचारिक कार्यक्रमसँगै देउडा कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । लोकप्रिय देउडा कलाकारहरूको उपस्थितिमा भएको देउडा खेलमा स्थानीयको उत्साहजनक सहभागिता रहेको थियो ।
भलिबलतर्फका खेल भने बुधबारदेखि सुरु हुने आयोजकले जनाएको छ ।

बल्मी युवा क्लबका अध्यक्ष रामबहादुर साउँदको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा ग्वासी समैजी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विष्णु खड्का प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा वन समूहका पदाधिकारी, विद्यालय सञ्चालक, उद्योगी, व्यवसायी, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन भीमबहादुर साउँदले गर्नुभएको थियो ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद ३० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, द्वितीय हुने टोलीले २० हजार र तृतीय हुने टोलीले १० हजार रुपैयाँसहित कप तथा मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच भिडन्त

एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच भिडन्त

काठमाण्डौ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधिका लागि आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्...
सेती प्राविधिक शिक्षालयकी प्रमुख शर्मामाथि आर्थिक अनियमितताको आरोप, अख्तियारमा उजुरी

सेती प्राविधिक शिक्षालयकी प्रमुख शर्मामाथि आर्थिक अनियमितताको आरोप, अख्तियारमा उजुरी

​डोटी- डोटीको दिपायलस्थित सेती प्राविधिक शिक्षालयकी शिक्षालय प्रमुख सुशीला शर्मामाथि पदीय जिम्मेवारी र अधिकारको दुरुपयोग गर्दै आर्...
चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

काठमाडौं- सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा उपाधि नजिक पुगेको छ । चितवन राइनोजलाई तीन विकेटले हरा...
एनपीएल फाइनलको अर्को टोली आज टुङ्गिँदै, चितवन र सुदूरपश्चिम निर्णायक भिडन्तमा

एनपीएल फाइनलको अर्को टोली आज टुङ्गिँदै, चितवन र सुदूरपश्चिम निर्णायक भिडन्तमा

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्ने अर्को टोलीको टुङ्गो आज ...
सी, ट्रम्प र पुटिनबीच आज त्रिपक्षीय वार्ता, चीनमा जुट्दै विश्वका तीन शक्तिशाली नेता

सी, ट्रम्प र पुटिनबीच आज त्रिपक्षीय वार्ता, चीनमा जुट्दै विश्वका तीन शक्तिशाली नेता

चीनका राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज औपचारिक त्रिपक्षीय वार्ता हु...
चितवन राइनोज क्वालिफायर-२ मा, काठमाडौँ गोर्खाज ६१ रनले पराजित

चितवन राइनोज क्वालिफायर-२ मा, काठमाडौँ गोर्खाज ६१ रनले पराजित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि होडमा चितवन राइनोजले आफ्नो सम्भावना कायमै राखेको छ । एलिमिनेटरमा काठमाडौँ गोर्खाजला...
एनपीएल : दोस्रो क्वालिफायरका लागि आज काठमाडौँ र चितवन भिड्दै

एनपीएल : दोस्रो क्वालिफायरका लागि आज काठमाडौँ र चितवन भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि होडमा टिकिरहन काठमाडौँ गोर्खाज र चितवन राइनोज आज इलिमिनेटरमा आमनेसामने हुँदै...
लुम्बिनीलाई फाइनलको टिकट, सुदूरपश्चिम दोस्रो क्वालिफायर खेल्ने

लुम्बिनीलाई फाइनलको टिकट, सुदूरपश्चिम दोस्रो क्वालिफायर खेल्ने

काठमाडौं- साविक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ । पहिलो क्वालिफायरमा सुदूर...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज