कैलालीको बल्मीमा तेस्रो वडा स्तरीय जुनियर पुरुष भलिबल प्रतियोगिता तथा देउडा कार्यक्रम सुरु, विजेताले पाउनेछ ३० हजार रुपैयाँ
धनगढी-कैलालीको गोदावरी नगरपालिका- ९ बल्मीमा तेस्रो वडा स्तरीय जुनियर पुरुष भलिबल प्रतियोगिता तथा देउडा कार्यक्रम सुरु भएको छ । मंगलबार बल्मी सहरी स्वास्थ्य चौकीको प्राङ्गणमा एक औपचारिक समारोहबीच प्रतियोगिताको उद्घाटन गरिएको हो ।
‘राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल’ भन्ने मूल नारासहित आयोजना गरिएको प्रतियोगिताको उद्देश्य स्थानीय खेलाडीको प्रतिभा पहिचान, भलिबल खेलको प्रवर्द्धन तथा आपसी भाइचारा र सद्भाव अभिवृद्धि गर्नु रहेको खेलकुद संयोजक गणेशबहादुर साउँदले जानकारी दिनुभयो ।
विजयादशमी तथा दीपावलीको अवसरलाई विशेष महत्त्व दिँदै बल्मी युवा क्लबले आयोजना गरेको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ । उद्घाटनको पहिलो दिन औपचारिक कार्यक्रमसँगै देउडा कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । लोकप्रिय देउडा कलाकारहरूको उपस्थितिमा भएको देउडा खेलमा स्थानीयको उत्साहजनक सहभागिता रहेको थियो ।
भलिबलतर...

