Advertisement

दुर्घटनामा गम्भीर घाइते भट्टको करिब ९ लाख रुपैयाँको उपचार माया मेट्रो अस्पतालले गरिदियो

Advertisement

धनगढी । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ का २७ वर्षीय दीपक भट्टको धनगढीस्थित माया मेट्रो अस्पतालले करिब ९ लाख रुपैयाँ बराबरको निःशुल्क उपचार गरेको छ।

आफैँले चलाएको मोटरसाइकल दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका भट्टलाई सुरुमा महाकाली अस्पताल लगिएको थियो। त्यहाँ थप उपचार सम्भव नभएपछि उनलाई धनगढीस्थित माया मेट्रो अस्पताल ल्याइएको थियो।

भट्टको अवस्था गम्भीर रहेकाले लामो समय उपचार गर्नुपर्ने र उपचार खर्चसमेत ठूलो हुने भएपछि परिवार चिन्तित बनेको थियो। आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च जुटाउन समस्या भएपछि माया मेट्रो अस्पतालले मानवीय आधारमा उनको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो।

भट्टलाई १५ दिनसम्म भेन्टिलेटरमा राखिएको थियो भने २० दिन सघन उपचार कक्ष (आईसीयू) मा उपचार गरिएको थियो। त्यसपछि सामान्य शय्यामा राखेर उपचारलाई निरन्तरता दिइएको अस्पतालले जनाएको छ। लामो उपचारपछि उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको र उपचार सफल भएको अस्पतालले जनाएको छ।

भट्टको उपचारमा न्युरोसर्जन डा. हरि पौडेल, जिआई सर्जन डा. विनय तिमिल्सिना, अर्थोपेडिक सर्जन डा. विकास पाण्डे, डा. रितेश पोखरेल, एनेस्थेसियोलोजिस्ट डा. मोहन भट्ट र डा. ललित धामी लगायतको चिकित्सकीय टोली संलग्न थियो।

माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले भट्टको पारिवारिक आर्थिक अवस्था अत्यन्त कमजोर रहेकाले मानवीयताका आधारमा निःशुल्क उपचार गर्ने निर्णय गरिएको बताए।

“अस्पतालमा आइसकेको बिरामीलाई हामीले पनि फिर्ता पठाउन मनले मानेन। त्यसैले निःशुल्क उपचार गर्ने निर्णय ग¥यौँ,” अध्यक्ष साउँदले भने।

उनका अनुसार भट्टको उपचारमा हालसम्म करिब ९ लाख रुपैयाँ खर्च भएको छ, जुन रकम अस्पतालले मिनाहा गरेको हो।

गम्भीर अवस्थामा अस्पताल पुगेका भट्टको लामो उपचारपछि स्वास्थ्यमा सुधार आउनुका साथै आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था पनि अस्पतालको सहयोगका कारण टरेको छ।

माया मेट्रो अस्पतालले गरेको यो सहयोग स्वास्थ्य उपचारमा मात्र सीमित नभई मानवीय सेवाको उदाहरण समेत बनेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज