धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ।
आफ्नो प्रतिद्वन्द्वीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै विजय हासिल गरेर गाउँ फर्किएका ढाँटलाई समितिले स्वागत गरेको हो। उनलाई गाउँपालिका खेलकुद विकास समिति अध्यक्ष जयदेव भट्टले स्वागत गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
त्यस्तै, आगामी फाइटको तयारीका लागि ढाँट पुनः प्रस्थान गर्ने क्रममा समितिले बिदाइ गरेको छ। बिदाइ कार्यक्रममा अध्यक्ष भट्टले आगामी प्रतिस्पर्धामा पनि सफलताको शुभकामना दिँदै उत्कृष्ट प्रदर्शनका लागि हौसला प्रदान गरेका थिए।
ढाँटले पछिल्लो प्रतिस्पर्धामा हासिल गरेको सफलताले बित्थडचिरको खेलकुद क्षेत्र र स्थानीय खेलाडीहरूमा उत्साह थपिएको समितिले जनाएको छ। अध्यक्ष भट्टले खेलाडीको प्रतिभा र मेहनतलाई प्रोत्साहन गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग र हौसला प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

