Advertisement

धनगढी–दीपायल द्रुतमार्गमा पर्ने ८ पुल अलपत्र

Advertisement

धनगढी–दीपायल द्रुतमार्गका आठ वटा पुल निर्माणको काम अलपत्र पारिको छ। कैलालीको हाटखोलीदेखि डोटीको दीपायलसम्म सडकमा पर्ने आठ वटा पुल निर्माणको काम अलपत्र पारिएको हो। ३३ करोडका ८ वटा पुलको काम अलपत्र पारिएको छ। कैलालीको हाटखोली लगाएतका खोलाका ६ वटा पुलको काम सुरुसमेत भएको छैन। डोटीको गड्सेरा र समूह गाडको पुल निर्माणको काम जारी छ। सबै पुल निर्माणकाे भौतिक प्रगति २० प्रतिशत मात्र भएको छ।

धनगढी–दीपायल द्रुतमार्ग योजना कार्यालयका सूचना अधिकारी दिनेश रैखोलाका अनुसार मंसिरसम्म पुल निर्माणको अवधि रहेको बताए। पुल निर्माणको समय पाँच महिना मात्र बाँकी रहेको भएपनि ६ वटाको काम सुरुसमेत भएको छैन। पुल निर्माणको काम गरेका निर्माण कम्पनीहरुले तीन करोड २३ लाख रुपैयाँ भुक्तानीसमेत पाएका छैनन्। रकम अभावका कारण पुल निर्माणको काम अलपत्र परेको हो। १६ महिना भित्र पुल निर्माणको काम पूरा गर्न ठेक्का सम्झौता गरिएको थियो। ‘एक पुलको सल्याप हालेका छौ। एक पुलको सल्याप हाल्ने तयारीमा छौ। हाटखोलीको पुलको ठेकेदार भागेका छन्। एक खड्सेरामा हो। एक समूह गार्डमा हो। पुलहरुको २० प्रतिशत मात्र काम पूरा भएको छ,’ उनले भने।

सडकको ग्राभेल वर्षाले बगायो
कैलालीको हाटखोलीदेखि डोटीको विपीनगरसम्म सडक ग्राभेल गरिएको थियो। ग्राभेल गरिएको सडकमा यातायात बन्द भएको छ। वर्षाको पानीले ग्राभेल बगाएकाले सवारी सञ्चालनमा समस्या देखिएको हो। ९२ प्रतिशत भौतिक प्रगति भएको ग्राभेलको ठेक्काको म्याद गत असारमा सकिएको छ। तर नेपाल सरकारले मंसिरसम्मका लागि पुनःम्याद थप गरेको छ। 

निर्माण कम्पनीले भत्किएको ग्राभेल मर्मत गर्ने छ भने बाँकी रहेको काम पूरा गरेर सडक हस्तान्तरण गर्ने छ। खोलामा तथा खोलाका किनार तिर सडक बढी बिग्रीएको धनगढी–दीपायल द्रुतमार्ग योजना कार्यालयका सूचना अधिकारी दिनेश रैखोलाले बताए। 

डोटीमा ६ किलोमिटर सडक कालोपत्र
धनगढी–दीपायल द्रुतमार्गको २३ किलोमिटर कालोपत्रका लागि २०७८ को बैसाखमा ठेक्का सम्झौता भयो। धनगढी–स्याउले सडक खण्डको १३ दशमलव ४ र दीपायल–बाजमोर्ड खण्डको ९ दशमलव ४ किलोमिटर सडक कालोपत्रका लागि सम्झौता भएको थियो। थप डोटीमा ६ किलोमिटर र १५ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो। 

चार खण्डमा सडक कालोपत्रको काम सुरु भएकोमा डोटी खण्डको ६ किलोमिटर मात्र कालोपत्रको काम सकिएको छ। धनगढी–दीपायल द्रुतमार्ग कालोपत्रको ८० प्रतिशत काम पूरा भएको हो। रैखालाका अनुसार डोटीमा ६ किलोमिटर मात्र कालोपत्र गरिएको छ। धनगढी खण्डमा कालोपत्रको तयारीमा गरिएको छ। उनले भने, ‘सडकको ८० प्रतिशत काम पूरा भएको छ। नायँ काम भएको छैन। दीपायलमा ६ किलोमिटर काम पूरा भयो। धनगढी खण्डमा मंसिरसम्म काम सकिन्छ।’

 

उनका अनुसार सडक निर्माण गरेका निर्माण कम्पनीले सात करोड ५० लाख रुपैयाँ भुक्तानी पाउन बाँकी छ। बजेट नभएकाले सडक निर्माणको काममा समस्या भएको हो। चालु आर्थिक वर्षमा संघीय सरकारले २५ करोड बजेट विनियोजन गरेको छ। बर्खाका कारण काम रोकिएको छ।

धनगढी खण्डमा खड्का–कृष्ण–नारायण–बंलामुखी जेभी र दीपायल खण्डमा आश्रय–प्रशंसा–दुनिला जेभीले काम गर्दैछ। २०७८ मा ठेक्का सम्झौता गरिएको भए पनि बजेट अभावका कारण निर्माण कम्पनीले भुक्तानी पाउन सकेका छैनन्। ( कमल साउँद – दिनेश खबर)

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज