कैलाली- कैलालीमा गौरीगंगा नगरपालिकामा सञ्चालन गरिएको ब्युटिपार्लर तालिम सम्पन्न भएको छ।
गौरीगंगा नगरपालिकामा ६, कठौतियामा रहेको शान्निकोट सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको एकमहिने सो तालिम सम्पन्न भएको हो ।
समुहमा आवद्ध उपभोक्ताहरूलाई आयआर्जनसँग जोड्न साउन ६ गतेदेखि भदौ १० गतेसम्म ३० जनालाई ब्युटिपार्लर तालिम प्रदान गरिएको जनाइएको छ । तालिममा सहभागीहरूले ब्युटिपार्लर सम्बन्धी सीप तथा व्यावहारिक ज्ञान हासिल गरेका थिए। वन समुहले तालिममा सहभागीहरूलाई सीप सिकेको प्रमाणपत्रसमेत प्रदान गरेको छ।
सीपमूलक तालिममार्फत स्थानीय महिलाहरू तथा युवाहरूलाई स्वरोजगार र आयआर्जनसँग जोड्न तालिमको आयोजना गरिएको आयोजक धारणा छ । यस्ता तालिमले स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्नुका साथै परम्परागत सीपलाई व्यवसायिक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको वनका अध्यक्ष बहादुर खड्काले बताए ।
वन उपभोक्ता समूहले आगामी दिनमा पनि स्थानीय आवश्यकता र मागअनुसार सीपमूलक तथा आयआर्जनसँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ

