बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ।
मंगलबार स्वास्थ्य शाखाले आयोजना गरेको आर्थिक २०८२,०८३ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको हो
कार्यक्रममा पालिकाअन्तर्गतका स्वास्थ्य संस्थाले गरेका स्वास्थ्य सेवा प्रवाह, भोग्नु परेको चुनौती तथा प्रगतिका विषयमा समीक्षा गरिएको स्वास्थ्य प्रमुख अम्मराज बिष्टले कामना टुडेलाई जानकारी दिए । उनका अनुसार कार्यक्रममा विभिन्न सूचक (इन्डिकेटर) का आधारमा स्वास्थ्य संस्थाहरूको मूल्याङ्कन गरी उत्कृष्ट कार्यसम्पादन गर्ने संस्थालाई प्रथम, द्वितीय र तृतीय घोषणा गरी सम्मान गरिएको छ ।
यसैगरी स्वास्थ्य क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने स्वास्थ्यकर्मीहरूलाई समेत सम्मान गरिएको थियो।
यसैबीच कार्यक्रममा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य संस्थाका इन्चार्जहरूलाई आवश्यक सामग्रीसहित झोला वितरण गरिएको थियो।
कार्यक्रमले स्वास्थ्य संस्थाहरूको कार्यसम्पादनको समीक्षा गर्दै आगामी दिनमा स्वास्थ्य सेवा अझ प्रभावकारी, गुणस्तरीय र जनमुखी बनाउने विषयमा समेत जोड दिएको जनाइएको छ।
कार्यक्रममाआर्थिक सहयोग दलित सहयोग समाजले समेत गरेको जनाइएको छ ।

