Advertisement

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

Advertisement

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजनिक गरेको उम्मेदवारको सूचीमा डा. दीर्घराज जोशीको नाम पहिलो नम्बरमा रहेको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले रिक्त रजिष्ट्रार, शिक्षाध्यक्ष, डीन तथा निर्देशक पदका लागि आवेदन आह्वान गरेको थियो। सोही प्रक्रियाअन्तर्गत रजिष्ट्रार पदका लागि १५ जनाको आवेदन परेको हो।

रजिष्ट्रार पदका उम्मेदवार डा. दीर्घराज जोशीले पदीय अहंकार र पदको दुरुपयोगभन्दा माथि उठेर राष्ट्रिय चिन्तन, शैक्षिक वैश्विक चेतना तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय अनुभव भएको नेतृत्व आजको आवश्यकता रहेको बताएका छन्।

उनले जुम्लाको भौगोलिक सीमाभन्दा माथि उठेर शिक्षा, अनुसन्धान र व्यावसायिकताको मर्म बुझ्ने नेतृत्व आवश्यक रहेको बताउँदै त्यस्तो नेतृत्वले मात्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नयाँ उचाइमा पुर्‍याउन सक्ने धारणा व्यक्त गरेका छन्।

फार्मासिस्ट तथा मेडिसिनल केमिस्टका रूपमा परिचित डा. जोशी हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिसिनल केमिस्ट्रीका सहायक प्राध्यापकका रूपमा कार्यरत छन्। उनले पोखरा विश्वविद्यालयबाट बी.फार्मेसी, दक्षिण कोरियाको वोंकवाङ विश्वविद्यालयबाट मेडिसिनल केमिस्ट्रीमा एमएस फार्मेसी तथा कोरिया विश्वविद्यालय र योन्सेई विश्वविद्यालयबाट मेडिसिनल केमिस्ट्रीमा पीएचडी गरेका छन्।

पीएचडीपछि डा. जोशीले अमेरिकास्थित नेशनल इन्स्टिच्युट्स अफ हेल्थ (NIH) अन्तर्गत नेशनल सेन्टर फर एड्भान्सिङ ट्रान्सलेसनल साइन्सेसमा पोस्टडक्टोरल फेलोका रूपमा समेत अनुसन्धान गरेका छन्। उनको अनुसन्धान औषधि खोज, सिंथेटिक तथा मेडिसिनल केमिस्ट्री र एन्टिभाइरल औषधि विकासलगायतका क्षेत्रमा केन्द्रित रहेको छ।

डा. जोशीको आधिकारिक विवरणअनुसार उनले अन्तर्राष्ट्रिय पीयर–रिभ्यु जर्नलहरूमा ३० भन्दा बढी अनुसन्धान तथा शैक्षिक प्रकाशनमा योगदान दिएका छन्। मेडिसिनल केमिस्ट्रीसम्बन्धी अनुसन्धानका क्रममा उनका विभिन्न पेटेन्टसमेत रहेका छन्।

शैक्षिक तथा अनुसन्धान क्षेत्रमा सक्रिय डा. जोशी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्यार्थी, शैक्षिक तथा सामाजिक संस्थामा नेतृत्वदायी भूमिकामा समेत रहँदै आएका छन्। उनी सोसाइटी अफ नेपालीज स्टुडेन्ट्स इन कोरिया (SONSIK) का अध्यक्ष तथा एसोसिएसन अफ फ्याकल्टीज अफ फार्मेसी अफ नेपाल (AFPN) का संस्थापक तथा राष्ट्रिय संयोजकसमेत हुन्।

दक्षिण कोरियामा अध्ययन तथा अनुसन्धानका क्रममा उनले विभिन्न छात्रवृत्ति तथा पुरस्कारसमेत प्राप्त गरेका छन्। ग्लोबल लिडर स्कलरसिप, एकेडेमिक रिसर्च फेलोसिप, योङ साइन्स्ट ओरल प्रिजेन्टेसन अवार्ड तथा आउटस्ट्यान्डिङ लिडरसिप अवार्ड लगायतका सम्मान उनको शैक्षिक तथा व्यावसायिक यात्रामा उल्लेख छन्।

स्वास्थ्य तथा औषधिको सही प्रयोगबारे जनचेतना अभिवृद्धिका लागि लेखन तथा सार्वजनिक सचेतनामूलक अभियानमा समेत सक्रिय डा. जोशीद्वारा लिखित ‘औषधिको ज्ञान, स्वस्थ ज्यान’ पुस्तकले औषधिको सही प्रयोग, दुष्प्रभाव, दुरुपयोग तथा स्वास्थ्यसम्बन्धी आधारभूत ज्ञान आम नागरिकसम्म पुर्‍याउने उद्देश्य राखेको छ।

रजिष्ट्रार पदमा उम्मेदवारी दिएसँगै डा. जोशीले आफ्नो उम्मेदवारीप्रति शुभेच्छा, सद्भाव र विश्वास व्यक्त गर्ने सबैप्रति हृदयदेखि नै आभार व्यक्त गरेका छन्।

शिक्षा, अनुसन्धान, नवप्रवर्तन र व्यावसायिकतालाई प्राथमिकतामा राख्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गर्न सक्ने नेतृत्व आजको आवश्यकता रहेको उनको धारणा छ।

रजिष्ट्रार पदका लागि परेको १५ जनाको उम्मेदवारीमध्ये डा. जोशीको अन्तर्राष्ट्रिय शैक्षिक पृष्ठभूमि, अनुसन्धान अनुभव, स्वास्थ्य विज्ञान क्षेत्रको विशेषज्ञता तथा नेतृत्व अनुभव उनको उम्मेदवारीका महत्वपूर्ण पक्षका रूपमा देखिएका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज