बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका-५ जाफ्रीमा रहेको गौरी माध्यमिक विद्यालयले जीप दुर्घटनाका घाइतेको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
सोमबार आज विद्यालयले सुँगरेमा भएको दुर्घटनामा घाइते भएकाहरूका लागि आर्थिक सहयोग गरेको हो । विद्यालयको तर्फबाट १४ हजार ९ सय २० रुपैयाँ आर्थिक सहयोग गरेको प्रधानाध्यापक मदन मिश्रले जानकारी दिए । विद्यालय परिवारले आर्थिक सहयोग गर्दै घाइतेहरूलाई स्वास्थ्य लाभको कामना गरेको छ ।
गत सनिवार बुंगलबाट दुर्गाथलीतर्फ जाँदै गरेको सुपप्र ०१-००१ च २६६४ नम्बरको जीप केदारस्युँ गाउँपालिका-७ र दुर्गाथलि गाउँपालिका- ६ सुँगरेमा दुर्घटना भएको थियोे ।
दुर्घटनामा परि ३ जनाको घटनास्थलमै मृत्यु भएको थियोे, भने १२ जना घाइते भएका थिए ।
घाइते गम्भीर घाइते भएका पाँच जनाको नेपालगञ्जमै उपचार भइरहेको छ भने चालक देवेन्द्र धामी र दुर्गाथली गाउँपालिकाका रामबहादुर महत काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचाररत छन् ।
आइतबार मात्रै जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सहयोग गर्न अपिल गरेको थियोे ।

