Advertisement

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

Advertisement

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फत् पालिकाले आगामी आर्थिक वर्षका लागि अनुमानित ६२ करोड १६ लाख ३ हजारको बजेट प्रस्तुत गरेको हो ।
अधिवेशनमा गाउँपालिका उपाध्यक्ष मनिषा धामीले संघीय सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदानतर्फ
११ करोड ६५ लाख, सशर्त अनुदानतर्फ ३१ करोड १४ लाख, राजस्व बाँडफाँड तर्फ ९ करोड ३२ लाख ९ हजार , विशेष अनुदान १८ करोड ८० लाख र समपूरक अनुदान तर्फको ६० लाख रुपैयाँको अनुमानित आय प्रस्तुत गरिन् ।
त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान १ करोड ११ लाख २४ हजार, शशर्त अनुदान ४ करोड , समपूरक अनुदान ९२ लाख ८ हजार विशेष अनुदान ६६ लाख ५० हजार र राजस्व बाँडफाँड तर्फ २७ लाख ६२ हजार रुपैयाँ अनुमान गरिएको छ।
यस्तै आन्तरिक स्रोत अनुमानित ६७ लाख ५० हजार गरिएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा केदारस्यूँ गाउँपालिकाले ७ वटा प्राथमिकताहरु तय गरेको छ । जसमा पहिलो नम्बरमा कृषि उत्पादनमा वृद्धि , व्यावसायीकरण र आत्मनिर्भरता राखिएको छ । त्यस्तै युवा रोजगार, उद्यमशिलता र स्थानीय बजारको विकास, धार्मिक तथा ऐतिहासिक क्षेत्रको प्रवर्द्धनमार्फत पर्यटन विकास, शिक्षाको गुणस्तर सुधार र स्वास्थ्य सेवाको सुदृढीकरण, गुणस्तरीय र रणनीतिक पूर्वाधार निर्माणको निरन्तरता , सामाजिक सुरक्षा, समावेशी विकास र सुशासनको प्रत्याभूति र विपद् जोखिम न्यूनीकरण तथा वातावरण संरक्षण रहेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज