Advertisement

रास्वपाको सुदूरपश्चिम प्रदेश सहमहामन्त्रीमा हेमराज जोशीलाई अघि सार्ने माग

Advertisement

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश सहमहामन्त्री पदमा सामाजिक अभियन्ता हेमराज जोशीलाई नेतृत्वमा ल्याउनुपर्ने माग कार्यकर्ता तथा शुभेच्छुकहरूबीच बलियो बन्दै गएको छ।
कैलालीको एक साधारण परिवारमा जन्मिएका जोशी लामो समयदेखि सामाजिक न्याय, सुशासन र नागरिक अधिकारको पक्षमा सक्रिय रूपमा आवाज उठाउँदै आएका छन्। सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएका उनी अन्याय, विभेद र भ्रष्टाचारविरुद्ध सडकदेखि सामाजिक अभियानसम्म अग्रसर हुँदै आएका व्यक्तिका रूपमा परिचित छन्।
विगत एक दशकभन्दा बढी समयदेखि विभिन्न सामाजिक मुद्दामा संघर्ष गर्दै आएका जोशीले विशेषगरी कोरोना महामारीका बेला समस्यामा परेका नागरिकलाई खाद्यान्न तथा राहत सामग्री वितरणमा सक्रिय भूमिका निर्वाह गरेका थिए। विपन्न तथा असहाय नागरिकको सहयोगमा निरन्तर खटिने उनको कार्यशैलीले समाजमा सकारात्मक छवि निर्माण गरेको छ।
उनले ‘आम युवा’ लगायतका सामाजिक अभियानमार्फत युवाहरूलाई संगठित गर्दै सामाजिक रूपान्तरणका लागि महत्वपूर्ण योगदान पुर्‍याएका थिए। पछिल्लो समय रास्वपामा आबद्ध भएपछि संगठन विस्तार, कार्यकर्ता परिचालन तथा पार्टीको विचार र एजेन्डालाई जनस्तरसम्म पुर्‍याउन सक्रिय भूमिका खेल्दै आएका छन्।
पार्टीभित्र इमानदार, संघर्षशील र जनभावना बुझ्न सक्ने नेतृत्वको आवश्यकता रहेको चर्चा भइरहेका बेला जोशीलाई सुदूरपश्चिम प्रदेश सहमहामन्त्रीका लागि उपयुक्त उम्मेदवारका रूपमा हेरिएको छ। कार्यकर्ता तथा समर्थकहरूका अनुसार पदभन्दा जिम्मेवारीलाई प्राथमिकता दिने, जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने र संगठनलाई गतिशील बनाउन सक्ने क्षमताका कारण जोशीप्रति आकर्षण बढ्दो छ।
रास्वपाको सुदूरपश्चिम प्रदेश अधिवेशन नजिकिँदै जाँदा जोशीलाई सहमहामन्त्रीमा देख्न चाहनेहरूको संख्या बढ्दै गएको र उनको उम्मेदवारीले संगठनलाई थप ऊर्जा दिने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज