Advertisement

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

Advertisement

बझाङ – बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ। आइतबार स्थानीय स्वामित्व र सहभागिता , पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने नारा सहित सेवा क्षेत्रभित्रका सबै बालबालिकाले निर्धारित खोप पूरा गरेपछि वडाहरूलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो।

जन्मदेखि १५ महिनासम्मका बालबालिकाले सरकारले तोकेको सम्पूर्ण खोप पाए/नपाएको यकिन गर्न विस्तृत तथ्यांक संकलन गरिएको थियो। यस क्रममा तीनै वडामा घरधुरी सर्वेक्षण सञ्चालन गरी ५ वर्षमुनिका सबै बालबालिकाको खोप अवस्थाको पहिचान गरिएको थियो।
सर्वेक्षणका क्रममा छुट खोप भएका बालबालिकालाई पहिचान गरी लक्षित रूपमा खोप सेवा प्रदान गरिएको सुनकुडा स्वास्थ्य चौकी प्रमुख राजेन्द्र बिष्टले जानकारी दिए । यस अभियानमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा स्थानीय समुदायको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि वडा सदस्य रामप्रसाद अवस्थीले बालबालिकालाई रोगबाट जोगाउन खोप अत्यन्त प्रभावकारी माध्यम भएको उल्लेख गर्दै आगामी दिनमा पनि नियमित खोप कार्यक्रमलाई थप सुदृढ बनाइने बताए। साथै, अभिभावकलाई समयमै बालबालिकालाई खोप लगाउन आग्रह गरिएको थियो।
पूर्ण खोप सुनिश्चितता घोषणासँगै ती वडाहरूमा खोपसम्बन्धी सचेतना वृद्धि हुनुका साथै बालस्वास्थ्य सुधारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। स्वास्थ्य संस्थाले आगामी दिनमा पनि नियमित अनुगमन तथा छुट खोपको खोजी कार्यलाई निरन्तरता दिने जनाएको छ।

कार्यक्रम वडा सदस्य तथा स्वास्थ्य चौकी व्यवस्थापन समिति उपाध्यक्ष अनुशा विष्टको अध्यक्षतामा भएको थियोे ।
कार्यक्रम सञ्चालन सामुदायिक स्वास्थ्य इकाई मल्लाधारी इन्चार्ज डम्मर बिष्टले गर्नुभएको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज