Advertisement

कलुवापुर बजारमा निःशुल्क खानेपानी धारा जडान, पानी किनेर खानुपर्ने बाध्यता हट्यो

Advertisement

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुर बजारमा दुई धारा जडान गरी सर्वसाधारणलाई निःशुल्क पानी उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

शुक्लाफाँटा उद्योग वाणिज्य सङ्घले अमरपुर- कलुवापुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिसँगको सहकार्यमा धारा जडान गरी सर्वसाधारणको सहजताका लागि बजार क्षेत्रमा निःशुल्क खानेपानी धारा जडान गरेको हो।
बजारमा दैनिक रूपमा आउने व्यवसायी, सेवाग्राही तथा यात्रुहरूको आवश्यकतालाई ध्यानमा राख्दै खानेपानीको व्यवस्था गरिएको सङ्घका अध्यक्ष राजेश धामीले बताए। अध्यक्ष धामीले बजार क्षेत्रमा खानेपानीको अभावका कारण सर्वसाधारणले पानी किनेर खानुपर्ने अवस्थालाई ध्यानमा राख्दै निःशुल्क धारा जडान गरिएको बताए।

खानेपानीका धारा सञ्चालनमा आएपछि कलुवापुर बजार क्षेत्रमा पानी किनेर खानुपर्ने बाध्यता हटेको स्थानीयवासीले बताएका छन्। बजारमा दैनिक रूपमा आउने सर्वसाधारण, सवारी चालक, यात्रु तथा व्यापारीलाई यसबाट प्रत्यक्ष लाभ पुगेको छ। गर्मीको समयमा अझ बढी आवश्यक पर्ने खानेपानी अब सहज रूपमा उपलब्ध भएपछि सर्वसाधारण खुसी भएका छन्। शुक्लाफाँटा उद्योग वाणिज्य सङ्घले यसअघि पनि बजार क्षेत्रमा सरसफाइ, जनचेतनामूलक कार्यक्रम तथा सामाजिक कार्यहरू सञ्चालन गर्दै आएको छ।

-रासस

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका-७ र दुर्गाथली गाउँपालिका -६ को सीमाक्षेत्रमा पर्ने सुँगरेमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गए...
सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

काठमाण्डाै- ढाका टोपी, घाँटीमा स्कार्फ, काँधमा सारङ्गी र जीवनभरको सङ्घर्षको अनुभूति बोकेर ६३ वर्षीय यमबहादुर गन्धर्व हरेक दिन नयाँ...
बझाङको पुरानो बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

बझाङको पुरानो बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

बझाङ- बझाङमा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रण लिएको छ । शुक्रबार राति ९:१५ बजेको समयमा सदरमुका...
सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

धनगढी- सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले प्रदेशको विकासका लागि राजस्वको दायरा र आम्दानी बढाउनुपर्नेमा जोड दिएका छन्। प्रदेशसभाको आज...
बेल्जियममाथि स्पेनकाे जित, १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियममाथि स्पेनकाे जित, १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियमला हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टरफाइनल खे...
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं- आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको हो। दिउँसो कोसी, वाग्मती,...
गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज